१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु News Polar पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा News Polar सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुई जना पक्राउ News Polar किसानका समस्या बुझ्न मन्त्री चौधरी सैनामैनामा News Polar धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि बाँकेका किसान चिन्तित News Polar पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिँदै News Polar कांग्रेस महाधिवेशनः बन्द सत्रको एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक बस्दै News Polar ‘काठमाडौँ क्लाइमेट विक २०२६’ सम्पन्न, जलवायु न्यायका लागि १६ बुँदे ‘काठमाडौं आह्वान’ जारी News Polar नेपाललाई काठमा आत्मनिर्भर बनाउने कार्ययोजना बनाउन मन्त्री चौधरीको निर्देशन News Polar स्वास्थ्य बीमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य News Polar बाग्लुङमा माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार News Polar यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ? News Polar विपद्का बेला न्यायपालिका सञ्चालनका लागि बलियो डिजिटल पूर्वाधार आवश्यक : प्रधानन्यायाधीश शर्मा News Polar अर्यालको टिप्पणी : ‘संवैधानिक लोकतन्त्र र राजनीतिक संस्कृतिको जगेर्ना होस्’ News Polar अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार News Polar मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ News Polar बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित News Polar विजौरी–कोठेरी सडक धमाधम स्तरोन्नति हुँदै News Polar हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे News Polar निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन
अ अ+ अ-

म्याग्दी। मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीमा भूगर्भविद्को टोलीले २६ वटा पहिरोको स्थलगत अध्ययन गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजमा आवद्ध भूगर्भविद्को टोलीले बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेका हुन् ।

समाजका अध्यक्ष भास्कर खतिवडाको नेतृत्वमा रहेको भूगर्भविद्को टोलीले बेनीका २२ र रघुगङ्गा गाउँपालिकाका चार स्थानका पहिरोको अध्ययन गरेका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । शनिबार र आइतबार सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा छ जना भूगर्भविद्ले तीनवटा समूह बनाएर अध्ययन गरेका थिए ।

बेनी नगरपालिकाको भसभसे, खबरा, लभ्लीहिल, हाडेभिर, तल्लो मुुसुङ, चिनाखेत, भुकभुके, छेपारे, सिङ्गा तातोपानी, आगेबगर, अर्थुङ्गे, अँधेरी गैरा, जम्रेनी, जामुनाखर्क, महारानीथान, भ्याउनी खोला, बराह पाखो, प्रकाश माविको पाखा, खरेनी पाखा, जलेश्वर, गलेश्वर, तोरीपानी, माटे बिसौना, रघुगङ्गा गाउँपालिकाको हरखर्क, बरखर्क, माझखर्क र कल्लेनी पहिरोको अध्ययन गरेको हो ।

समाजका अध्यक्ष खतिवडा, भूगर्भविद् डा चम्पकबाबु सिलवाल, दीपक गौतम, रुपक ज्ञवाली, जानकी खत्री, मीरा जिसी, बेनी नगरपालिकाका इन्जिनियर माधव देवकोटा, विजयनारायण मण्डल, जिल्ला समन्वय समितिका इन्जिनियर सुमन सुवेदीको टोलीले पहिरोको अध्ययन गरेको हो ।

पहिरोको अवस्था र माटोको बनोटको सटिक आकलन गर्न ड्रोनबाट तस्बिर लिनुका साथै पहिरो खसेको स्थानबाट परीक्षणका लागि ढुङ्गा तथा माटोका नमूना सङ्कलन गरिएको भूगर्भविद् एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक चम्पकबाबु सिलवालले बताउनुभयो ।

टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेको खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पसचोकमाथिको पहिरोग्रस्त क्षेत्रमा गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदन आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रस्तुत गरेको थियो ।

पछिल्लोपटक बेनीको न्युरोडमा खसेको पहिरो सक्रिय हुनसक्ने, त्यसमाथि पनि थप जमिन चर्किएर बग्नलाई तयार भएर बसेको हुँदा सावधानी अपनाउन, अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन अध्ययन टोलीका संयोजक खतिवडाले सुझाव दिनुभयो ।

“पहिरोको नियमित अनुगमन र आकारको मापन गरी अभिलेख राख्ने, भूमिगत पानीका स्रोतको सुरक्षित व्यवस्थापनदेखि धाँजा फाटेको जमिनलाई थप चर्किन र पानी पस्न नदिन अल्पकालीन उपाय अपनाउन सुझाव दिएका छौँ”, उहाँले भन्नुभयो “दीर्घकालीन रूपमा पहिरो नियन्त्रणका लागि गर्नुपर्ने कामसहितको विस्तृत प्रतिवेदन तयार पारेर छिट्टै उपलब्ध गराउँछौँ ।” पहिरोको जोखिममा रहेको बेनी बजारको न्युरोडका घरमा बसोबास गर्नेलाई सावधानी अपनाउन टोलीले सुझाव दिएको छ ।

यही असोज ८ देखि ११ गतेसम्म चार दिन लगातारको भीषण वर्षाका कारण भिरालो पाखाको जमिन गलेको, सडकको भल व्यवस्थापन नभएको, अव्यवस्थित विकास निर्माण, भूमिगत पानीको सुरक्षित व्यवस्थापन नहुनलगायतका कारण पहिरो सृजना भएको अध्ययन टोलीको निष्कर्ष छ ।

गत हप्ताको झरीपछिको पहिरो र बाढीका कारण म्याग्दीमा सात जनाको मृत्यु, दुई जना बेपत्ता, २०० भन्दा बढी घरगोठमा पूर्ण क्षति भएको छ । दर्जनौँ गाउँका बासिन्दा विस्थापित भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले १११ घरमा पूर्ण क्षति, ९३ घरमा आंशिक क्षति र ३४२ घर जोखिममा परेका जानकारी दिनुभयो । यो विवरण अझै थपिन सक्ने उहाँको भनाइ छ । बाढीपहिरोका कारण म्याग्दीका मुख्य सडक, विद्युत् र सञ्चार सुविधा अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।