काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव शंकर पोखरेल खुलामञ्च पुगेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन पोखरेल खुलामञ्च पुगेका हुन् । कांग्रेसको महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ ।
महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिएको छ । महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन गर्ने कार्यतालिका कांग्रेसले सार्वजनिक गरेको छ ।








