काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।
आज असोज १८ गते बसेको बैठकमा समसामयिक राजनीतिक विषय, संसद्मा पार्टीको आगामी भूमिका तथा अन्य संसदीय गतिविधिबारे छलफल हुने बताइएको छ।
बैठकमा एमाले संसदीय दलका नेता तथा सांसदहरूको सहभागिता रहेको छ।








