१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’

एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण

एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण
अ अ+ अ-

नागोया। जापानको नागोयामा शनिबार भएको रोमाञ्चक फाइनलमा भारतले परम्परागत प्रतिद्वन्द्वी पाकिस्तानलाई १९ रनले पराजित गर्दै एसियाली खेलकुदको क्रिकेटतर्फ स्वर्ण पदक जितेको छ ।

विश्व टी-२० च्याम्पियन भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर २११ रन बनाएको थियो । अभिषेक शर्माले ६१ तथा तिलक वर्माले अविजित ५१ रन बनाए ।

जवाफमा पाकिस्तानले हसन नवाजको ९६ रनको उत्कृष्ट प्रदर्शनका बाबजुद २० ओभरमा छ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो । राजनीतिक तनावका कारण भारत र पाकिस्तान अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रायः तटस्थ भूमिमा मात्र आमनेसामने हुने गरेका छन् ।

खेलअघि दुवै टोलीका कप्तानले परम्परागत रूपमा गरिने हात मिलाउने कार्यसमेत गरेनन् । खेलपछि भारतीय खेलाडीले मैदानमा राष्ट्रिय झण्डा फहराउँदै जितको खुसी मनाए । जापानको बेसबल मैदानलाई क्रिकेट मैदानमा परिणत गरी खेलाइएको फाइनलमा दक्षिण एसियाली क्रिकेटका समर्थकको उल्लेख्य उपस्थिति थियो ।

भारतले टस जितेर ब्याटिङ रोजेपछि वैभव सूर्यवंशीले साद मसुदको दोस्रो ओभरमा लगातार दुई छक्का प्रहार गर्दै आक्रामक सुरुआत गरे । उक्त ओभरमा २४ रन बने पनि सूर्यवंशी चार बलपछि १५ रनमा आउट भए । अभिषेकले २० बलमै अर्धशतक पूरा गरे । पाकिस्तानको कमजोर फिल्डिङको फाइदा उठाउँदै उनले दुई पटक जीवनदान पाए । ४६ रनमा रहँदा उनी रनआउट हुनबाट समेत जोगिए ।

अभिषेक ६१ रनमा आउट भएपछि पाकिस्तानका बलरले खेलमा नियन्त्रण जमाउन थाले । इशान किशन २० तथा कप्तान श्रेयस अय्यर २१ रनमा आउट भएपछि भारत १५औँ ओभरमा १३३-५ को अवस्थामा पुगेको थियो । तर तिलक वर्मा र शिवम दुबेले आक्रामक ब्याटिङ गर्दै भारतको स्कोर २०० रनभन्दा माथि पुर्याए । उनीहरूले छैटौँ विकेटका लागि पाँच ओभरमा ६२ रनको साझेदारी गरे ।

हसनको उत्कृष्ट प्रयास

दुई सय १२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले साहिबजादा फरहान र माज सदाकतको साझेदारीमा राम्रो सुरुआत गरेको थियो । पहिलो विकेटका लागि ३.४ ओभरमा ३३ रन जोडे पनि सदाकत २३ रनमा आउट भए । त्यसपछि हसन नवाजले आक्रामक ब्याटिङ गर्दै २८ बलमै अर्धशतक पूरा गरे । उनले पाँच छक्का प्रहार गरेका थिए । साइम अयूबसँग मिलेर उनले पाकिस्तानको इनिङ्स सम्हाले र उनीहरूबीच ८७ रनको साझेदारी भयो ।

अयूब १५औँ ओभरको सुरुआतमा आउट हुँदा पाकिस्तानको स्कोर १२६-४ थियो । त्यसपछि पनि हसनले आक्रामक ब्याटिङ जारी राखे । दुई ओभर बाँकी हुँदा पाकिस्तान १६८-५ को अवस्थामा थियो । भारतले जस्प्रित बुमराहलाई बलिङमा फर्काएपछि उक्त ओभरमा ११ रन मात्र जोडियो । अन्तिम ओभरमा पाकिस्तानलाई जितका लागि ३३ रन आवश्यक थियो ।

अन्तिम ओभरमा शिवम दुबेले बलिङ गरे । हसन ९६ रनमा पुगेका थिए । तर अन्तिम बलमा ठूलो सट खेल्ने प्रयास गर्दा उनी आउट भए । उनले ५१ बलमा सात छक्का र पाँच चौकासहित ९६ रन बनाए । तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई ६३ रनले पराजित गर्दै कास्य पदक जित्यो । रासस/एएफपी