१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’

लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य
अ अ+ अ-

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य कुष्ठरोग निवारणलाई प्राथमिकतामा राखेर प्रदेशका सबै जिल्लामा छाला रोग परीक्षण अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।

नेपाल कानुन समाजद्वारा आयोजित ‘कुष्ठ प्रभावित व्यक्तिहरूका संवैधानिक तथा कानुनी अधिकार’ विषयक अन्तरक्रियामा उहाँले कुष्ठरोगका बिरामीको सङ्ख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताउनुभयो ।

कुष्ठरोग निवारणका लागि प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउँदै उहाँले भन्नुभयो, “कुष्ठरोगको समस्या घटाउने गरी प्रदेश सरकारले काम गरिरहेको छ । तथ्याङ्क घट्दो अवस्थामा रहेको र कुष्ठरोगसँगै प्रदेशमा नसर्ने रोगको समस्या बढ्दै गएको देखिएको छ ।”

मुख्यमन्त्री आचार्यले विगतमा कुष्ठरोग लागेका व्यक्तिले सामाजिक लाञ्छना र विभेद्को डरले रोग लुकाउने अवस्था रहेको भए पनि पछिल्लो समय त्यस्तो अवस्था क्रमशः कम हुँदै गएको उल्लेख गर्नुभयो । तर, जनचेतना अभिवृद्धिका लागि अझै धेरै काम गर्नुपर्ने उहाँको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले सामाजिक सुरक्षा भत्तालाई सबैका लागि एउटै ढाँचामा भन्दा आवश्यकता र अवस्थाका आधारमा वर्गीकृत गरी प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । रोगका कारण हुने सामाजिक विभेद् अन्त्य गर्न राज्यका कार्यक्रमसँगै समुदायस्तरमा चेतना विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो ।

पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले कुष्ठरोग मानवता र मानव अधिकारसँग जोडिएको विषय भएको बताउनुभयो । उहाँले नयाँ प्रभावितको खोजीलाई व्यापक बनाउँदै उपचारको पहुँचमा ल्याउन र प्रभावित व्यक्तिमा आत्मविश्वास जगाउन आवश्यक रहेको बताउनुभयो ।

वरिष्ठ छाला रोग विशेषज्ञ डा रवीन्द्र बाँस्कोटाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा दुई हजार ४०९ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । उपचारमा रहेका बिरामीको सङ्ख्या दुई हजार ६०८ रहेको छ ।

स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशमा हाल ५४७ जना कुष्ठरोगका बिरामी छन् । कुष्ठरोगका कारण हुने लाञ्छना र भेद्भाव घटाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । रासस