१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता

काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता
अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा सोमवार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ ।

शनिवार काँग्रेसको महाधिवेशनस्थल खुल्ला मञ्चमा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले उक्त जानकारी दिनुभएको हो । उम्मेदवारी दर्तापछि निर्वाचन आयोगले मतदानको समय निर्धारण गर्ने उहाँले बताउनु भयो ।

उहाँले उम्मेद्वारी दर्ता अगाडी विधान संशोधन गर्ने प्रश्ताव बन्दसत्रमा लैजाने र नयाँ विधानअनुसार उम्मेदवारी दर्ता हुने जानकारी दिनुभयो । उम्मेदवारी मनोनयनअघि नै कांग्रेसको विधान संशोधन प्रक्रिया टुंग्याइने उहाँको भनाई छ ।

काँग्रेसले विधान संशोधन गरि केही पदाधिकारी थप गर्ने तयारी गरेको छ । विधानले पार्टीका विभिन्न पदको संख्या तथा संरचनामा परिवर्तन गर्नसक्ने भएकाले उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या महाधिवेशनबाट पारित हुने व्यवस्थाअनुसार निर्धारण हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सोमवार २ बजेदेखि ६ बजेसम्म हामीले उम्मेदवारीको मनोनयन गर्ने समयतालिका मिलाएका छौँ र यो सकिसकेपछि मतदानको कार्यक्रम त्यसपछि हुने निर्वाचन आयोगले निर्धारण गर्नेछ । उम्मेदवारीको नामाङ्कन गर्ने समय भन्दा हामीले विधानको संशोधन गरिसक्छौँ । विधानले केही पदहरू परिवर्तन गर्ने, केही थप्ने, केही घटाउने कहाँ–कहाँ के–के सुधार गर्ने सर्वाधिकार हलले राख्छ । प्रस्ताव गर्ने केन्द्रीय समितिको अधिकार हो, प्रस्ताव केन्द्रीय समितिले राख्छ । त्यसको लागि महामन्त्रीजीको संयोजकत्वमा विधान संशोधन समिति गठन भएको छ । त्यो संशोधन समितिले पेस गरेको प्रस्तावमा केन्द्रीय समितिले छलफल गर्छ र त्यो अन्तिम रूप दिइसकेपछि हलमा हामीले त्यसलाई निर्णयार्थ प्रश्तुत गर्छौँ । टुङ्गिएको जुन संख्या हुन्छ, पदाधिकारीको संख्या । त्यसैको आधारमा मनोनयन दाखिल हुन्छ ।’

चालिसेकाअनुसार महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । उहाँले यो संख्या काँग्रेसको इतिहासमै सबैभन्दा ठूलो प्रतिनिधि सहभागिता भएको दाबी गर्नुभयो । मतदान राष्ट्रिय सभा गृह, नेपाल प्रज्ञा–प्रतिष्ठान र महाधिवेशन उद्घाटन हुने हल गरी तीन स्थानमा हुनेछ । भूगोलका आधारमा प्रतिनिधिहरूलाई मतदान केन्द्र तोकिनेछ । मतदान भने ब्यालेटमार्फत हुने र मतगणना पार्टी कार्यालयमा गर्ने तयारी रहेको चालिसेले जानकारी दिनुभयो ।

महाविधेशनको मिति सर्दा विदेशी पाउन आउन सकेनन्

महाधिवेशनको मिति परिवर्तन हुँदा काँग्रेसको महाधिवेशनमा विदेशी पाउना उपस्थित हुने नसक्ने भएका छन् । यसअघि १६ गते उद्घाटन गर्ने तय भएपनि महाधिवेशनको मिति परिवर्तन भएपछि विदेशी पाहुनाको निर्धारित कार्यक्रम प्रभावित भएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो । उहाँकाअनुसार केही पाहुन भने आएर पनि फर्केका छन् भने केहीले शुभकामना सन्देश पठाएका छन् । महाधिवेशनमा सहभागी हुन विभिन्न देश तथा दलबाट सन्देश प्राप्त भएको र ती सन्देश उद्घाटन कार्यक्रममा वाचन गरिने उहाँले बताउनु भयो । काँग्रेसले महाधिवेशनपछि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारीसमेत गरेको चालिसेले बताउनुभयो । वैचारिक समानता तथा अन्तर्राष्ट्रिय भाइचारामा विश्वास गर्ने विभिन्न राजनीतिक दललाई सहभागी गराएर सम्मेलन आयोजना गर्ने उहाँको भनाइ छ । नेपाल राजनीतिक दलहरु भने सबैलाई महाधिवेशनमा सहभागिताका लागी निमन्त्रण पठाईएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एकथरी पाहुना आएर पनि फर्किनुभयो । हाम्रो डेट १६ गतेको थियो। हामीले १८ गते सार्यौँ । यो हाम्रो परिस्थिति हो । तर अरूको परिस्थिति हाम्रो जस्तो नहुन सक्छ । उनीहरूको फिक्स डेट टाइम हुन्छ ।’

अझै देउवाबाट महाधिवेशन उद्घाटन गर्ने चाहना

महाधिवेशन उद्घाटन नेपाली कांग्रेसका पूर्वसभापति तथा निवर्तमान सभापति शेरबहादुर देउवाबाट गराउने इच्छा पार्टीले राखेको प्रवक्ता चालिसेले बताउनु भयो । काँग्रेसको परम्पराअनुसार महाधिवेशनको उद्घाटन पार्टी सभापतिले गर्ने भएपनि यसपटक पूर्वसभापति देउवालाई उद्घाटनका लागि आग्रह गरिएको उहाँले बताउनु भयो । उक्त आग्रह स्वीकार गर्ने वा नगर्ने विषय देउवाको निर्णयमा निर्भर रहने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘नेपाली काङ्ग्रेसको परम्परामा यो पार्टीको अधिवेशनको उद्घाटन पार्टी सभापतिले नै गर्ने प्रचलन छ । यद्यपि यसपटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्वसभापति निर्वर्तमान सभापति शेरबहादुर देउवाबाट गरिदिनुभयो भने हामी सबैलाई त्यसले धेरै ठुलो सम्मान हामीले अनुभव गर्नेछौँ । किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ, सम्मान गरेको छ, उहाँबाटै उद्घाटन गराऔँ भन्ने हाम्रो इच्छा हो । त्यो इच्छा अनुरोधको रूपमा छ । तर अनुरोधलाई के गर्ने भन्ने कुरा उहाँको त्यो व्यक्तिगत कुरा रह्यो । पार्टीको परम्परामा पार्टी सभापतिले नै उद्घाटन गर्ने चलन थियो ।’

महाधिवेशनलाई व्यवस्थित बनाउनको लागी हाल व्यवस्गापनको काम भईरहेको उहाँले बताउनु भयो । महाधिवेशनको व्यवस्थापनका क्रममा राष्ट्रिय सभा गृह र पुरानो बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ । ठूला बसका लागि माइतीघर–भद्रकाली खण्डमा पार्किङको व्यवस्था मिलाइएको उहाँले बताउनु भयो ।

साथै महाधिवेशनको बारेमा जानकारी दिन मिडिया सेन्टर स्थापना गरिएको उहाँको भनाई छ । मिडिया सेन्टरबाट दिनमा दूई पटक महाधिवेशनका बारेमा जानकारी गराइनेछ । –न्युज एजेन्सी नेपाल