१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना

नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना
अ अ+ अ-
काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरको संयुक्त आयोजनामा आज नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
नयाँ स्थापना गरिएको यात्रु सहायता कक्षको आज काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले चाडपर्वमा अन्य समयको तुलनामा यात्रु धेरै बढ्ने भएकाले उहाँहरूलाई सुरक्षित गन्तव्यमा पुर्‍याउनु हामी सबैको दायित्व भएको बताउनुभयो ।
प्रहरी अतिरिक्त महानिरीक्षक राठौरले क्षणिक स्वाथका लागि यात्रुलाई ठग्ने, लुट्ने, झुक्याउने गरेमा कारबाही हुने जनाउँदै यात्रुलाई पनि सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले सवारी सञ्चालनको बेलामा मापसे र लापसे नगर्न आग्रह गर्नुभयो । टिकटको नाममा हुने कालोबजारी अन्त्य गर्न प्रहरी चनाखो हुने स्पस्ट पार्दै उहाँले यात्रुलाई टिकट लिएर यात्रा गर्न आग्रह गर्नुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुन्यप्रसाद सिटौलाले विगतको वर्षभन्दा यस वर्ष चाडपर्वमा यातायात सञ्चालनमा केही समस्या रहेका बताउनुभयो । देशभर परेको अविरल वर्षाले अधिकांश राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा सवारी सञ्चालनमा समस्या परेको उहाँले बताउनुभयो ।
अध्यक्ष सिटौलाले समस्याको घडीमा पनि सुरक्षित तबरले सवारी सञ्चालन गरेकामा देशभरका चालकलाई धन्यवाद दिनुभयो । उहाँले बिग्रेका सडक चाँडो मर्मत सम्भार गर्न सरकारलाई आग्रह गर्नुभयो । अध्यक्ष सिटौलाले चाडपर्वमा कालो नम्बर प्लेटका सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । तोकिएकोभन्दा बढी भाडा नलिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले चाडपर्वको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले चाडपर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिनुभयो ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका उपाध्यक्ष नवराज घिमिरेले चाडपर्वको मुखमा हुने दुर्घटना रोक्न यातायात क्षेत्रका चालकको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी, यातायात व्यवसायी, लोत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधि, चालक, सहचालक, महानगर प्रहरीको उपस्थिति थियो ।
—