१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव

प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप

प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप
अ अ+ अ-

काठमाडौं । श्रम, संस्कृति पार्टीले संसद्मा उठाइएका जनसरोकारका विषय र प्रतिपक्षी दलका मागप्रति सरकार गम्भीर नबनेको आरोप लगाएको छ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा पार्टीका सांसद ध्रुव राईले संसद्मा पटक–पटक जनताका समस्या र समसामयिक विषय उठाइए पनि सरकारले त्यसको प्रभावकारी सम्बोधन नगरेको गुनासो गरे।

उनले प्रतिपक्षी दलका सांसदहरूले जनतासँग जोडिएका विभिन्न प्रश्न सरकारसमक्ष राखे पनि ती प्रश्नको जवाफ पाउन नसकेको बताए। उनका अनुसार संसद्को पछिल्लो अधिवेशन पनि औपचारिकतामा सीमित भएको देखिएको छ।
सांसद राईले सरकार प्रमुखले प्रतिपक्षी दलका आवाज र मागलाई सम्मानपूर्वक सम्बोधन गर्न नसकेको टिप्पणी गरे।

उनले जनताले विश्वास गरेर निर्वाचित गरेका राजनीतिक दलहरू अहिले जनअपेक्षाअनुसार अघि बढ्न नसकेको समेत बताए।‘सरकार प्रमुखले जिम्मेवार ढङ्गले प्रस्तुत हुनुको साटो प्रतिपक्षी दलहरूको जित र आवाजलाई सम्मान गर्न सकेनन्,’ उनले भने, ‘सबै सांसद आ–आफ्नो ठाउँमा सक्षम हुनुहुन्छ, तर सरकारले विपक्षीको आवाज सुन्नसमेत चाहेन।’

उनले संसद्मा उठाइएका प्रश्नलाई बेवास्ता गर्ने प्रवृत्तिले जनताका समस्या समाधान गर्नेभन्दा संसद्को भूमिकालाई औपचारिकतामा सीमित गर्ने अवस्था सिर्जना गरेको बताए।