काठमाडौं । डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त हुनुभएको छ।
नवनियुक्त अध्यक्ष पाण्डेले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।
अध्यक्षमा नियुक्त भएसँगै पाण्डेले डडेल्धुरा अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन आवश्यक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। अस्पतालको व्यवस्थापन सुधार तथा सेवाको गुणस्तर अभिवृद्धिमा उहाँको भूमिका रहने जनाइएको छ।








