१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता

२६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल

२६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल
अ अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंकका संस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले २६ वर्षको यात्रामा रेमिट्यान्सको पर्यायका रूपमा आफूलाई स्थापित गरेको बताएका छन्।

आइएमई लिमिटेडको २६औँ वार्षिक साधारणसभामा आफ्नो धारणा राख्दै ढकालले विदेशमा रहेका नेपालीले दुःख गरेर कमाएको रकम सुरक्षित र औपचारिक माध्यमबाट स्वदेश भित्र्याउने उद्देश्यले सुरु गरिएको यात्रा आज राष्ट्रको अर्थतन्त्रसँग जोडिएको बताएका हुन्।

उनले २६ वर्षअघि विदेशमा रहेका नेपालीको कमाइ आफ्ना परिवारसम्म सुरक्षित रूपमा पुर्‍याउन भरपर्दो औपचारिक संयन्त्र आवश्यक रहेको उल्लेख गर्दै त्यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले आइएमईको संस्थागत यात्रा सुरु भएको बताए।

ढकालका अनुसार आइएमई र यससँग आबद्ध संस्थाले हाल नेपाल भित्रिने कुल रेमिट्यान्सको ५० प्रतिशतभन्दा बढी हिस्सा औपचारिक माध्यमबाट भित्र्याइरहेका छन्। उनले यसलाई व्यावसायिक उपलब्धिभन्दा पनि देश तथा विदेशमा रहेका लाखौँ नेपालीले संस्थामाथि गरेको विश्वासको प्रमाणका रूपमा व्याख्या गरे।

प्रविधिको विकाससँगै आइएमई पनि निरन्तर रूपान्तरणको क्रममा रहेको उल्लेख गर्दै उनले डिजिटल प्रविधि र कृत्रिम बौद्धिकताको विकासलाई आत्मसात् गरेर सेवा थप सहज, सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाए।

उनले ‘खल्ती’मार्फत डिजिटल सेवाको विस्तार गर्दै आगामी दिनमा अत्याधुनिक प्रविधिमा आधारित नयाँ सेवा तथा नवप्रवर्तन ल्याउने बताए।

अध्यक्ष ढकालले आइएमईको २६ वर्षको उपलब्धिमा विदेशमा रहेका नेपाली, नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकाय, गैरआवासीय नेपाली, कर्मचारी तथा विश्वभरका व्यावसायिक साझेदारको योगदान रहेको भन्दै सबैप्रति आभार व्यक्त गरे।

उनले मुलुकको अर्थतन्त्रलाई थप सबल बनाउन, वित्तीय पहुँचलाई देशका सबै क्षेत्रमा विस्तार गर्न र ‘डिजिटल नेपाल’ निर्माणको अभियानमा योगदान पुर्‍याउन आइएमईको प्रतिबद्धता निरन्तर रहने बताए।