१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

बाढी प्रभावित बेनीमा खानेपानी अभाव
अ अ+ अ-
काठमाडाैँ । केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति पुगेपछि म्याग्दी सदरमुकाम बेनीमा खानेपानीको अभाव भएको छ ।
यही असोज ८ देखि ११ गतेसम्म परेको पानीपछि आएको बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिका–८ मा रहेको रिठ्ठाखर्क र डाडाँखर्कको मुहनाबाट बेनीमा लगिएको खानेपानीको पाइप बैसरीदेखि डल्लेपीपल खण्डमा क्षति पुर्‍याएको छ । करिब १२ किलोमिटर पाइपलाइनमा बाढी र पहिरोका कारण क्षति हुँदा चार दिनदेखि रिठ्ठाखर्क र डाँडाखर्कको मुहानबाट खानेपानी आपूर्ति हुन नसकेको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले बताउनुभयो ।
“पानीका वैकल्पिक स्रोतको पहिचान गरी अस्थायी रूपमा पानी आपूर्ति गर्न संस्थाले प्रयास गरिरहेको छ”, उहाँले भन्नुभयो, “बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तीनै तहका सकारकाको सहयोग मागेका छौ ।”
संस्थामार्फत बेनी नगरपालिका–२ हाँडेभिर, वडा नं ७ र ८ बेनीबजारका एक हजार २१६ घर परिवारका २५ हजार जनसङ्ख्याका लागि खानेपानी वितरण हँुदै आएको थियो । विसं २०६३ मा नगर विकास कोषबाट ऋण लिएर आयोजना निर्माण गरिएको थियो ।
रिठ्ठाखर्क, डाँडाखर्क र बेनी नगरपालिका–३ कोप्रे खोलाको मुहानबाट प्रतिसेकेण्ड २४ लिटर खानेपानी आपूर्ति गरेर वितरण हँुदै आएको छ । बेनीको मङ्गलाघाटस्थित म्यादी नदीको किनारबाट पानी लिफ्ट गर्ने वैकल्पिक संरचना निर्माण भए पनि बाढीले क्षति पु¥याएकाले सञ्चालनमा ल्याउन नसकिएको अध्यक्ष गिरीले बताउनुभयो ।
बाढीले खानेपानीको पाइपमा क्षति पुर्‍याएरपछि उपभोक्ताले बोतल, जारको पानी किन्ने अथवा खोल्सा, मुहान र व्यक्तिगत मुहानबाट पानीको जोहो गर्नुपर्ने अवस्था छ । खानेपानीको सहज आपूर्ति नहुँदा पिउन, स्नान गर्न, कपडा, भाडाधुन, खाना पकाउने पानीका लागि धेरै समय खर्चनु परेको छ ।
बेनी नगरपालिका, बौद्ध युवा क्लब र गङ्गा जिसी फाउण्डेशनले पानीको अभाव तार्न मुहानबाट ट्याङ्करमा ओसारेर बजारवासीलाई वितरण थालेको क्लबका अध्यक्ष दुर्गा बुढामगरले जानकारी दिनुभयो ।