१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी

ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा
अ अ+ अ-

काठमाडाैँ । ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरा देवीको व्रत तथा पूजा गरिएको छ। नेपाल संवतअनुसार यँलागाः तृतीयाका अवसरमा मंगलबार र बुधबार गरी दुई दिन वसुन्धरा देवीको व्रत तथा पूजा गरिएको हो।

सुरस्चन्द्र महाविहार महापाल सुधार समितिका उपाध्यक्ष ज्ञानेन्द्र शाक्यका अनुसार महापालस्थित विहारमा परम्परादेखि नै यँलागाः तृतीयाका दिन वसुन्धरा देवीको व्रत बस्ने र पूजा गर्ने चलन रहँदै आएको छ। यस व्रतलाई ‘कात्तिला व्रत’ वा ‘धलं’ समेत भनिन्छ।

शाक्यका अनुसार वसुन्धरा व्रत परिवारको सुख, समृद्धि र आरोग्यसँग जोडिएको धार्मिक परम्परा हो। व्रत बसेपछि परिवारका सदस्यको आयु, आरोग्य, ज्ञान, धन, जन, अन्न तथा रत्नमा वृद्धि हुने धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो।

उहाँले वसुन्धरा व्रतको धार्मिक मान्यता परिवारमा मात्र सीमित नभई राज्य सञ्चालनसँग समेत जोडिएको बताउनुभयो। राज्य सञ्चालकले जनता र राष्ट्रप्रतिको दायित्व, जिम्मेवारी तथा जवाफदेहिता पूरा गर्नुपर्ने सन्देशसमेत यस व्रतले दिने उहाँको भनाइ छ।

‘व्रतको मूल उद्देश्य परिवारमा आयु र आरोग्य, ज्ञान, धन, जन, अन्न तथा रत्नको वृद्धि हुनु र सुख–समृद्धि कायम हुनु हो,’ शाक्यले भन्नुभयो, ‘यससँगै जनता र राष्ट्रप्रति आफ्नो दायित्व, जिम्मेवारी र जवाफदेहिता पूरा गर्नुपर्छ भन्ने सन्देश पनि जोडिएको छ।’

वसुन्धरा व्रतको कथाले पारिवारिक सम्बन्धमा अनुशासन, आपसी सम्मान र आदरको महत्वसमेत दर्शाउने शाक्यले बताउनुभयो। धार्मिक मान्यताअनुसार व्रतको प्रसादको अपमान गरेकी सुन्दरादेवीले दुःख भोग्नुपरेको र पछि क्षमायाचना गरी वसुन्धरा देवीको पूजा तथा व्रत गरेपछि पुनः आफ्नो सुन्दर रूप प्राप्त गरेकी थिइन्।

त्यस्तै, राजा मायामोहमा परी आफ्नो जिम्मेवारीबाट विमुख भए त्यसको असर राज्य र जनतामाथि पर्ने धार्मिक मान्यता रहेको शाक्यले बताउनुभयो। उहाँका अनुसार वसुन्धरा व्रतले व्यक्तिगत तथा पारिवारिक सुख–समृद्धिसँगै समाज र राज्यप्रतिको जिम्मेवारीबोधको सन्देशसमेत दिने गरेको छ।