१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने
अ अ+ अ-
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्द्धन केन्द्रमा प्रयोग हुने पानीको गुणस्तर परीक्षण गर्ने भएको छ । सेवाग्राही तथा विद्यार्थीलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्ने उद्देश्यले महानगरपालिकाले पानी परीक्षण कार्यक्रम अघि बढाउन लागेको हो ।

महानगरपालिकाका अनुसार सामुदायिक विद्यालयका बालबालिका, शिक्षक तथा कर्मचारी, स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवा लिन आउने बिरामी तथा आफन्त र वडा कार्यालयमा प्रशासनिक सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गरी पानी पिउनयोग्य भए–नभएको परीक्षण गरिनेछ ।

कार्यक्रमकी फोकल पर्सन राधिका कुइँकेलका अनुसार महानगरपालिकाको स्वास्थ्य विभागले पानीको नमुना सङ्कलन विधिबारे सम्बन्धित व्यक्तिलाई अभिमुखीकरण सुरु गरेको छ । जनप्रतिनिधि, वडासचिव, विद्यालय नर्स, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा पानी उत्पादक र वितरकलाई नमुना सङ्कलनसम्बन्धी प्रशिक्षण दिइनेछ ।

वडा नम्बर १ बाट सुरु गरिएको अभिमुखीकरण सबै वडाका लक्षित व्यक्तिलाई प्रदान गरिने कुइँकेलले बताउनुभयो । तालिम प्राप्त व्यक्तिले पानीको नमुना सङ्कलन गर्ने र प्रयोगशालामा परीक्षण गराई प्राप्त नतिजाका आधारमा पानीको गुणस्तर सुधार तथा कायम गर्ने कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

वडासचिव सर्वज्ञराज पौडेलले आफूले सुरक्षित ठानेको पानी वास्तवमै कति सुरक्षित छ भन्ने जानकारी आवश्यक रहेको बताउनुभयो । पानीको सुरक्षा र स्वच्छताका उपाय अपनाउन आवश्यक आधारसमेत परीक्षणबाट प्राप्त हुने उहाँको भनाइ छ ।

महानगरपालिकाले धारामा आउने, जार वा अन्य स्रोतबाट ल्याइने पानी बाहिरबाट सफा र सङ्लो देखिँदैमा पिउनयोग्य हुन्छ भन्ने सुनिश्चित नहुने जनाएको छ । पानीमा आँखाले नदेखिने जीवाणु तथा स्वास्थ्यमा असर पार्ने रासायनिक पदार्थ हुनसक्ने भएकाले नियमित परीक्षण, निगरानी र सुधार आवश्यक रहेको महानगरपालिकाको भनाइ छ ।

पानीको सुरक्षा भौतिक, रासायनिक र जैविक गुणस्तरका आधारमा निर्धारण गरिन्छ । सुरक्षित खानेपानीका लागि पाँच प्रकारका भौतिक, १३ प्रकारका रासायनिक र एक प्रकारको जैविक परीक्षण गर्नुपर्ने मापदण्ड छ । जोखिम र सान्दर्भिकताका आधारमा थप एक भौतिक, एक जैविक र सात रासायनिक परीक्षणसमेत गर्नुपर्ने व्यवस्था छ ।

रासायनिक गुणअन्तर्गत क्लोरिन अवशेषको परीक्षण दैनिक तथा अमोनिया, क्लोराइड, नाइट्रेट र क्याल्सियमको परीक्षण मासिक गर्नुपर्नेछ । त्यस्तै फलाम, म्याङ्गानिज, सल्फेट, आर्सेनिक, क्याडमियम, तामा, फ्लोराइड, साइनाइड, सिसा, क्रोमियम, जस्ता, पारा र एल्युमिनियमलगायतका पारामिटरको परीक्षण वार्षिक रूपमा गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

सूक्ष्म जैविकतर्फ इकोलाई र कुल कोलिफर्मको परीक्षण भने मासिक रूपमा गर्नुपर्ने व्यवस्था रहेको महानगरपालिकाले जनाएको छ ।