१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान

भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान
अ अ+ अ-

काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आफ्नो प्रदेशमा भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि छवटा प्रदेशसँग सहयोगको आह्वान गरेको बताउनुभएको छ । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको कार्यालय तथा स्थानीय तहहरूको समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले बागमती प्रदेशमा अहिले महाबिपत्ति आएको र पुनर्निर्माणका लागि सात प्रदेशका मुख्य मन्त्रीहरूसँग सहयोगको अनुरोध गरेको बताउनुभयो ।

भोटेकोशी प्रभावित क्षेत्रका भौतिक संरचना ध्वस्त भएको भन्दै उहाँले हजारौँको सङ्ख्यामा मृत्यु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक प्रदेशलाई पर्दा अर्को प्रदेशले सहयोग गर्नुपर्छ मुख्यमन्त्रीज्यू भनेर प्रस्ताव राख्दा सबै प्रदेशका मुख्यमन्त्रीज्यूहरू सकारात्मक हुनुहुन्छ ।” यही असोज २१, २२ र २३ गते सातवटै प्रदेशको मुख्यमन्त्रीहरूसहितको बैठक बस्न लागेको उहाँले जानकारी दिनुभयो । सोही बैठकमा बागमती प्रदेशले पूर्वाधार निर्माणका लागि प्रस्ताव राख्ने उहाँको भनाइ थियो ।

बागमती प्रदेशका १५ वटा पालिका प्रभावित भएको भन्दै उहाँले त्यसबाहेकका १०४ वटा पालिकासँग पनि सहयोगका लागि आह्वान गरिएको बताउनुभयो । चितवनका पालिका प्रमुखहरूसँग उहाँले भन्नुभयो, “प्रदेश सरकार पुनर्निर्माणतर्फ अग्रसर भएर लाग्दैछ । यसमा हामी सबै खटिन्छौँ । हातमा हात मिलाएर तपाईँहरूले साथ दिनुहुन्छ भन्ने मैले आशा गरेको छु”, चितवन जिल्लाका सातवटा पालिकाले त्यहाँ कम्तीमा एउटा महत्त्वपूर्ण पुनर्निर्माणको काम गर्नेमा आफू आशावादी भएको बताउनुभयो ।

स्थानीय तहले प्रभावितहरूलाई अस्थायी बसोबास गराउनका लागि नयाँ ठाउँ खोजिसकेपछि पुनर्निर्माणका लागि भौतिक पूर्वाधार, खानेपानी, स्वास्थ्यचौकी, अस्पताल बनाउने कामहरूमा तीनै तहको सरकार मिलेर अघि बढ्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले सबै स्थानीय तह र कार्यालय प्रमुखहरूलाई जनअपेक्षाअनुसार काम गर्न आग्रह गर्दै भोटेकोशी प्रभावितको सहयोगमा हातेमालो गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा बागमती प्रदेशसभा सदस्य कृष्ण सिलवाल, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, जिल्ला समन्वय समिति चितवनका उपप्रमुख कल्पना काफ्ले सापकोटालगायतले बाढी प्रभावितलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । उद्घाटनसत्रपछि सातवटा पालिका र १० वटा कार्यालयको यो वर्षको पहिलो चौमासिक कार्यप्रगतिको समीक्षा हुनेछ ।