१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग

म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग

म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग
अ अ+ अ-
काठमाडाैँ । यही असोज ८ देखि ११ गतेको निरन्तरको झरीपछिको पहिरोका कारण प्रभावित बनेको म्याग्दी जिल्लामा राहत, उद्धार र व्यवस्थापकीय कार्यका लागि प्रवासमा रहेका म्याग्देलीहरूले रु १५ लाख सहयोग गरेका छन् ।
रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले उक्त सहयोग गरेको हो । मोनाका संस्थापक अध्यक्ष प्रकाश पुनले संस्थागत रूपमा जिल्ला विपद् व्यवस्थापन समितिलाई उक्त सहयोग उपलब्ध गराएको बताउनुभयो ।
“जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार पहिरो र बाढी प्रभावित क्षेत्रमा आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, तरकारी र बन्दोबस्तीका सामान खरिदमा रु १५ लाखबराबरको खर्च मोनाले व्यहोरेको छ”, उहाँले भन्नुभयो, “पुनर्निर्माण र पुनस्र्थापनाको काममा पनि मोना र गैरआवासीय नेपाली सङ्घ मोनाले सरकारलाई साथ दिन्छौँ ।”
पहिरोमा परि म्याग्दीमा ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको छ । दुई जना बेपत्ता भएका छन् भने पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार, गिवाङ, नेपाने, घिरवाङ, धोस्केखोर, किन्दुका १०६ जनालाई उद्धार गरिएको छ ।
पहिरोबाट म्याग्दी जिल्लाभर २०० घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो । उहाँका अनुसार सडक, विद्युत् र सञ्चार सेवा पनि अवरुद्ध भएको छ । पोखरादेखि म्याग्दी सदरमुकाम बेनी जोड्ने र बेनीदेखि ग्रामीण क्षेत्र जोड्ने सबै सडक अवरुद्ध छन् । बेनी बजारबाहेक ग्रामीण क्षेत्रमा विद्युत् र सञ्चार सेवा अवरुद्ध छ ।