१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता

६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र नहेरी मातृत्वको सम्मान र दीर्घकालीन मानव पुँजी निर्माणमा गरिएको लगानीका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभामा ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री मेहताले प्रस्तावित संशोधनले आमा र नवजात शिशुको स्वास्थ्य तथा पोषणलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले सरकारी तथा निजी दुवै क्षेत्रमा कार्यरत महिलाको मातृत्व अधिकार समान हुने उल्लेख गर्दै निजी क्षेत्रका स्वास्थ्य संस्थाले समेत कानुनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो । मातृत्व बिदा र प्रसूति स्याहारको व्यवस्थालाई प्रभावकारी बनाउन राज्यले कानुनी तथा संस्थागत प्रबन्ध थप बलियो बनाउँदै लैजाने उहाँको भनाइ थियो ।

मन्त्री मेहताले भन्नुभयो, “६ महिनाको सुत्केरी बिदा मातृत्वको सम्मान, शिशुको स्वास्थ्य सुरक्षा र समाजको स्वस्थ भविष्यसँग जोडिएको विषय हो । यसलाई सरकारी वा निजी क्षेत्रका कर्मचारीको सुविधाका रूपमा मात्र हेरिनु हुँदैन ।”

विधेयकको सैद्धान्तिक पक्षबारे चर्चा गर्दै उहाँले सुत्केरी अवस्थामा हुने हिंसाको अन्त्य, तालिमप्राप्त प्रसूतिकर्मीको उपलब्धता, गर्भपतनसम्बन्धी कानुनको समयानुकूल परिमार्जन तथा कसुरअनुसारको सजाय व्यवस्थालाई संशोधनका मुख्य आधार बनाइएको जानकारी दिनुभयो ।

कानुन निर्माण मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयन गराउनु राज्यको मुख्य जिम्मेवारी रहेको मन्त्री मेहताले बताउनुभयो । निजी अस्पताललाई सञ्चालन अनुमति दिँदा नै सुरक्षित मातृत्व तथा प्रसूति सेवासम्बन्धी मापदण्ड पालना हुने गरी नियमन गरिने उहाँले स्पष्ट पार्नुभयो ।