१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी
अ अ+ अ-

काठमाडौं । भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना विभिन्न दीर्घ तथा जटिल रोगबाट पीडित छन् ।

कारागार कार्यालयका अनुसार ६९ जना उच्च रक्तचाप, मधुमेह, क्षयरोग, मानसिक रोग, क्यान्सर, एचआइभी/एड्सलगायत रोगका बिरामी हुन् । कारागारमा क्यान्सरका कारण बर्सेनि बन्दीको मृत्यु हुने गरेको छ ।

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि विभिन्न कारागारबाट क्यान्सरका बिरामी बन्दीलाई रिफर गरिने भएकाले अन्तिम चरणका बिरामीको मृत्यु हुने गरेको कार्यालयले जनाएको छ । कारागार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरका कारण एक जना बन्दीको मृत्यु भएको कारागार कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८२/८३ मा एक जना र आर्थिक वर्ष २०८१/८२ मा एक जना बन्दीको क्यान्सरका कारण मृत्यु भएको थियो । सूचना अधिकारी ढुङ्गानाका अनुसार हाल कारागारमा क्यान्सरका तीन जना बिरामी छन् । तीमध्ये दुई कारागारभित्र र एक जना अस्पतालमा उपचाररत छन् । कारागारमा रहेका दीर्घ तथा जटिल रोगीमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामी सबैभन्दा बढी रहेका सूचना अधिकारी ढुङ्गानाले बताउनुभयो ।

तथ्याङ्कअनुसार ४२ जनामा उच्च रक्तचाप र २२ जना मधुमेहबाट पीडित छन् । सूचना अधिकारी ढुङ्गानाका अनुसार हाल क्यान्सरका एक र अन्य रोगका एक गरी दुई जना बन्दी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । उहाँले कारागारभित्र रहेका बिरामी बन्दीको दैनिक स्वास्थ्य परीक्षण तथा आवश्यक औषधोपचार स्वास्थ्यकर्मीले गर्ने गरेको बताउनुभयो ।

एचआईभी सङ्क्रमित पाँच जना बन्दीले नियमित रूपमा एआरटी औषधि सेवन गरिरहेका छन् । हाल जिल्ला कारागार कार्यालय चितवनमा ७१७ पुरुष, ४२ महिला र दुई जना आश्रित नाबालक रहेका छन् ।