काठमाडौं । शाओमी नेपालले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजना सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार योजनाअन्तर्गत नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार जित्ने अवसर पाउनेछन् ।
योजनाअन्तर्गत हरेक दिन आठ जना भाग्यशाली विजेताले रु. २ हजार ४९९ मूल्य पर्ने रेडमी बड्स ६ प्ले प्राप्त गर्नेछन् । यस्तै, हरेक साता १० जना विजेताले रु. १० हजार ९९९ मूल्य पर्ने रेडमी वाच ६ एक्टिभ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी, चार जना भाग्यशाली बम्पर विजेताले चार दिन पाँच रातको थाइल्यान्ड भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् ।
योजनामा सहभागी हुन ग्राहकले नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गरी मोबाइलको IMEI नम्बर +९७७ ९७०२६६५७९० नम्बरको ह्वाट्सएपमा ‘MI IMEI Number 1’ वा ‘MI IMEI Number 2’ टाइप गरी पठाउनुपर्नेछ । उदाहरणका लागि ‘MI xxxxxxxxxxx’ लेखेर पठाउन सकिने कम्पनीले जनाएको छ ।
विजेताको छनोट लक्की ड्रमार्फत गरिनेछ भने विजेताको घोषणा शाओमी नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिनेछ ।
कम्पनीका अनुसार उक्त योजना असोज ९ गतेदेखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ । योजनामा सहभागी हुने ग्राहकले कम्पनीले तोकेका नियम तथा सर्तहरू पालना गर्नुपर्नेछ ।
चाडपर्वको अवसरलाई थप विशेष बनाउने उद्देश्यले ल्याइएको उक्त योजनामार्फत मोबाइल फोन खरिदसँगै ग्राहकलाई आकर्षक उपहार तथा थाइल्यान्ड भ्रमणको अवसर प्रदान गर्न लागिएको शाओमी नेपालले जनाएको छ ।








