११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण

रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

संसद् सदनभित्रको उपस्थितिले मात्रै प्रभावकारी रूपमा सञ्चालन नहुने भन्दै जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउन सही सूचना, व्यवस्थित समन्वय, जिम्मेवार टिम र स्पष्ट कार्यप्रणाली आवश्यक रहेको रास्वपाले जनाएको छ । यही उद्देश्यले स्वकीय सचिवहरूको भूमिका र जिम्मेवारीबारे अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीको विचार, अनुशासन तथा स्वकीय सचिवको जिम्मेवारी र कर्तव्यबारे धारणा राख्नुभएको थियो ।

सचेतक प्रकाशचन्द्र परियारले स्वकीय सचिवको भूमिका, संसदीय अभ्यासमा यसको महत्व तथा सांसदको कामलाई प्रभावकारी बनाउन स्वकीय सचिवले खेल्ने भूमिकाबारे जानकारी गराउनुभएको थियो ।

त्यस्तै, सचेतक क्रान्तिशिखाले स्वकीय सचिवहरूले उठाएका विभिन्न जिज्ञासा, प्रश्न तथा व्यावहारिक चुनौतीबारे छलफल गर्दै आवश्यक स्पष्टता प्रदान गर्नुभएको थियो ।