११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता

भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता
अ अ+ अ-
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको प्रतिनिधिमण्डलले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलसँग भेटघाट तथा छलफल गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा भएको भेटमा रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको पुनःस्थापना, जीविकोपार्जन तथा रोजगारी सिर्जनाका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत सहकार्य गर्ने विषयमा छलफल भएको हो ।

महासंघ बागमती प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठ, कोषाध्यक्ष रुद्रबहादुर खत्री तथा कार्यकारी निर्देशक विवेक मानन्धरसहितको टोलीले मन्त्री पौडेलसँग भेट गरेको थियो ।

भेटका क्रममा मन्त्री पौडेलले विपद्बाट प्रभावित नागरिकको पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि प्रदेश सरकार, निजी क्षेत्र र अन्य सरोकारवाला पक्षबीचको सहकार्यलाई थप सुदृढ गर्दै ठोस तथा परिणाममुखी कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।

प्रभावित परिवारलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले आवश्यक नीतिगत तथा कानुनी प्रक्रियाको अध्ययन गरी उपयुक्त कार्यविधि निर्माण गर्ने र निजी क्षेत्रको सहभागितालाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा समेत छलफल भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

महासंघ बागमती प्रदेशलाई हेटौंडामा एक कठ्ठा जग्गा

यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सचिवालय भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्त भएको छ ।

महासंघ बागमती प्रदेशका जिल्ला–नगर उपाध्यक्ष तथा मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णकुमार गुप्ताका छोरा अमित अग्रवालको नाममा हेटौंडा उपमहानगरपालिका–१७ मा रहेको एक कठ्ठा जग्गा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नाममा नामसारी गरिएको महासंघले जनाएको छ ।

भूमि प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला–नगर उपाध्यक्ष गुप्ताले जग्गाधनी प्रमाणपुर्जा महासंघ बागमती प्रदेशका अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रुद्रबहादुर खत्री, कार्यकारी निर्देशक विवेक मानन्धर तथा कार्यालय सहायक रश्मि खनाललगायतको सहभागिता रहेको थियो।