काठमाडौं । प्रहरीले सुरक्षा थ्रेट भन्दै नियन्त्रणमा लिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आफन्तको जिम्मामा छाडिएको छ ।
मध्यराती १२:३० बजे पूर्व प्रधानन्यायाधीश राणालाई उहाँको घर महाराजगञ्जबाट नियन्त्रणमा लिएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले सुरक्षा थ्रेटका कारण राणालाई घरबाट प्रहरीको कार्यालयमा ल्याइएको दाबी गर्नुभएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार मध्यराति उनलाई नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा राखेको थियो ।
पूर्वप्रधानन्यायाधीशलाई विनापक्राउ पुर्जी पक्राउ गरिएको विषयमा गम्भिर प्रश्न उठेपछि सरकार आफनो कदम बाट पछाडी हटेको छ ।








