भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका–४ र ५ भएर बग्ने घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन तत्काल रु दुई करोड निकासा गर्ने बताउनुभएको छ।
आज बाढीको जोखिम रहेका क्षेत्रको निरीक्षण गर्दै मुख्यमन्त्री थापामगरले प्रभावित बस्तीको संरक्षणका लागि तटबन्ध निर्माण गर्न प्रदेश सरकारको विपद् कोषबाट रकम निकासा गर्ने बताउनुभएको हो।
उहाँले बाढीबाट हुन सक्ने थप क्षति रोक्न तत्काल तटबन्ध निर्माण तथा आवश्यक संरक्षणका काम अघि बढाइने बताउनुभयो।
“प्रभावित क्षेत्रको संरक्षणका लागि विपद् कोषबाट रु दुई करोड निकासा गर्नेछौँ,” मुख्यमन्त्री थापामगरले भन्नुभयो।