११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
अ अ+ अ-

तनहुँ। तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित भएका छन् ।

जिल्लाका १० पालिकाका ६४ हजार आठ सय ४२ दशमलव ४८ हेक्टर वन क्षेत्रबाट उनीहरू लाभान्वित भएके डिभिजन वन कार्यालयले जनाएको छ ।

वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार वन क्षेत्रबाट तीन लाख ७९ हजार सात सय १७ जना लाभान्वित भएका छन् । जिल्लाभर छ सय २४ सामुदायिक वन छन् ।

देवघाट गाउँपालिकाका ३९ वनबाट तीन हजार ३५६ परिवार, आँबुखैरेनी गाउँपालिकाका ३४ वनबाट तीन हजार ९९ परिवार, बन्दीपुर गाउँपालिकाका ३८ वनबाट चार हजार ५४९ परिवार, भानु नगरपालिकाका ९६ वनबाट १० हजार ३९० परिवार, व्यास नगरपालिकाका १०९ वनबाट १४ हजार २६४ परिवा लाभाविन्वत भएका छन् ।

यसैगरी, म्याग्दे गाउँपालिकाका ५३ वनबाट छ हजार ६५० परिवार, शुक्लागण्डकी नगरपालिकाका ८५ वनबाट नौ हजार ७७१ परिवार, भिमाद नगरपालिकामा ५० वनबाट चार हजार ६१६ परिवार, घिरिङ गाउँपालिकाका ४९ वनबाट चार हजार १९९ परिवार र ऋषिङ गाउँपालिकाका ७१ वनबाट सात हजार ७३ परिवार लाभान्वित भएका अध्यक्ष रानाभाटले राससलाई जानकारी दिनुभयो ।

ती सामुदायिक वनबाट एक लाख २२ हजार ३९ दशमलव ९९ क्युफिट काठ र एक सय ६३ दशमलव ७६ क्युफिट अन्य वनजन्य वस्तु उत्पादन भएका छन् ।

सामुदायिक वनले स्थानीय समुदायको दाउरा, काठलगायत वन पैदावारको आवश्यकता पूरा गर्नाका साथै वन संरक्षण र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

वनबाट प्राप्त स्रोतको उपयोगसँगै वन संरक्षणमा स्थानीय उपभोक्ताको सहभागिता बढाउन सामुदायिक वन व्यवस्थापन प्रणाली प्रभावकारी माध्यम बनेको अध्यक्ष रानाभाटको कथन छ ।