९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग
अ अ+ अ-

काठमाडौँ।  झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १६ लाख ८९ हजार २५० आर्थिक सहयोग गरेको छ ।

समाजले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित जनताको राहत र पुनःस्थापनाका लागि आज प्रधानमन्त्री राहत कोषमा उक्त रकम हस्तान्तरण गरेको हो ।

तनहुँका समाजसेवी इन्जिनियर सुजन विष्टको समन्वयमा सङ्कलित उक्त रकम आज कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।

मन्त्री वाग्लेलाई पुलिस मेस एसोसिएसन भारत राँचीका अध्यक्ष रामबहादुर गोदार, गोरखा सेवा निवृत्त सङ्घ राँचीका अध्यक्ष राजेनसिंह क्षेत्री, गोरखा उत्कर्ष युवा सङ्घका उज्वल थापा, दिवस ओली र गोविन्द पाण्डेले हस्तान्तरण गर्नुभएको हो ।

उक्त रकम झारखण्ड गोरखा समाजको अगुवाइमा प्रथम बाहिनी झारखण्ड, सशस्त्र पुलिस, गोरखा सेवा निवृत्त सङ्घ, भजनकीर्तन मण्डली र गोरखा उत्कर्ष युवासङ्घ राँची झारखण्डको पहलमा सङ्कलन गरिएको हो ।

रकम बुझ्दै मन्त्री वाग्लेले भारतको झारखण्डमा रहेर नेपालप्रति देखाएको स्नेह र सहकार्यप्रति हार्दिक आभार प्रकट गर्नुभयो । उक्त कार्यले सामाजिक र मानवीय एकतालाई मजबुद बनाएको उहाँको भनाइ थियो । रासस