९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो

रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो
अ अ+ अ-

काभ्रेपलाञ्चोक। बिहीबारदेखिको अविरल वर्षाका कारण रोशी खोलाको जलसतहले खतराको तह पार गरेको छ ।

यद्यपि, उक्त खोलाको जलसहत शुक्रबार दिनभरमा घटबढ भएको नेपाल मौसम विज्ञान विभागअन्तर्गतको पनौतीस्थित बाढी सूचना केन्द्रले जनाएको छ ।

वर्षासँगै पनौतीस्थित रोशी खोलामा आएको बाढीका कारण जलसतहमा फेरबदल हुने क्रममा शुक्रबार साँझ ५ः०० बजे जलसतहले खतराको तह पार गरेको केन्द्रले जनाएको हो ।

विभागका विभागका डाइड्रोलोजिष्ट सौर्हाद जोशीका अनुसार आज अपराह्न ५ः५५ बजेसम्म पनौतीस्थित रोशी खोलाको जलसतह ४.५२ मिटर रहेको छ । रोशी खोलामा पानीको सतह निरन्तर उकालो लागेपछि तल्लो तटीय क्षेत्र तथा आसपासका बस्तीमा कटान र बाढीको जोखिम बढेको जनाइएको छ ।

विभागले रोशी खोलालाई लक्षित गर्दै पनौतीको भूमिडाँडा नजिक बाढी मापन केन्द्र, पनौतीको त्रिवेणी घाट नजिक बाढी मापन केन्द्र स्थापना गरेको छ । पनौतीस्थित रोशी खोलामा जलसतहले खतराको तह पार गरेपछि पनौती गोरखनाथमा स्थानीयवासीले देख्ने गरी खतराको बत्तीसमेत बल्ने गर्दछ । विभागका अनुसार काभ्रेपलाञ्चोक, काठमाडौँलगायत बागमती प्रदेशभित्र भोलि शनिबार साँझसम्म वर्षा हुने अवस्था रहेको जनाइएको छ ।

रोशी खोलामा आज जलसतहले खतराको तह पार गरेपछि उक्त खोला आसपासका मानिस टिकटक बनाउने, रिल्स तथा फोटो, भिडियोको लागि खोला छेउमा गएका फोटो तथा भिडियो सार्वजनिक भएकाले खोला छेउमा नजान प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सार्वजनिक अपिल गर्नुभएको छ ।

यसैबीच, रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको दुई स्थानका अस्थायी डाइभर्सन बगाएको छ । बाढीले मुख्यगरी नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ घुमाउनेमा निर्माण गरिएको डाइभर्सन बगाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

यसअघि दुई सालअघिको बाढीले सडक बगाएपछि उक्त स्थानमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनको व्यवस्था मिलाइएको थियो । बिहीबार रातिदेखि परेको वर्षासँगै रोशी खोलामा आएको बाढीले अधिकांश स्थानको डाइभर्सन बगाएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो ।

उक्त राजमार्गको विभिन्न स्थानमा पहिरो तथा डाइभर्सन बगाएपछि उक्त खण्डमा यातायात सञ्चालन प्रभावित भएको छ । बाढी र पहिरोका कारण राजमार्गको अवस्था जोखिमपूर्ण रहेकाले शुक्रबार बिहानदेखि नै राजमार्गमा यातायात अवरुद्ध भएको छ ।

यसैबीच जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि रातको समयमा बिपी राजमार्गअन्तर्गत काभे्रपलाञ्चोक खडकखण्डलाई बन्द गराइएको छ ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलले बाढीपहिरोको अवस्था हेरी दिनको समयमा पनि बन्द गर्नसक्ने जनाएको छ भने हाललाई आइतबारसम्म रातको समयमा साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो । रासस