काठमाडैँ । स्याङ्जामा पहिरोसहित रुख ढलेर अवरुद्ध भएको सिद्धार्थ राजमार्ग सुचारु भएको छ ।
शुक्रबार दिउँसो १२ बजे अविरल वर्षाका कारण गल्याङ नगरपालिका–१, मालुङ्गामा माथिबाट पहिरोसहित खयरको रुख ढल्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध भएपछि अस्थायी प्रहरी चौकी राम्दीबाट प्रहरी सहायक निरीक्षक रोशनलाल पाण्डेको कमान्डमा खटिएको प्रहरी टोलीले रुख पन्छाउनुका साथै सडकमा खसेको पहिरो हटाएको थियो । त्यसपछि राजमार्गमा दुईतर्फी सवारी आवागमन सुचारु भएको प्रहरीले जनाएको छ ।








