९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति

ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति

ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति
अ अ+ अ-

काठमाडाैँ । ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ । असोजदेखि मङ्सिरसम्मको यस वर्ष याममा १० नाउर र सात झारलको सिकार गरिने छ ।

ढोरपाटनमा सिकार खेल्न अनुमति प्राप्त विदेशका सिकारी नेपाल आउन वन्यजन्तु विभागअन्तर्गत ठेक्का पाएका कम्पनीसँग तरखर गरी समन्वय गरी रहेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । विश्वका धनाश्य र सिकारका पारखी सिकारी ढोरपाटनमा सिकार खेल्न आउने गरेका छन् ।

विगत केही दशकदेखि खासगरी रसियन, अमेरिका, स्पेन, डेनिस, अफ्रिकन र फ्रान्सलगायतका देशबट सिकार खेल्न नेपाल आउने गरेको पाइन्छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रतिस्पर्धाबाट सिकार गराउन विभिन्न कम्पनीसँग गत भदौमा दरभाउ पत्र आह्वान गरेको थियो ।

ढोरपाटन सिकार आरक्षमा गत वर्ष दुई याममा २१ नाउर र ११ झारलको सिकार भएको थियो । त्यसबाट रु चार करोड १७ लाख राजस्व सङ्कलन भयो । यस वर्षको पहिलो याममा राजस्व बुझाउने काम भइरहेको छ ।

गत वर्ष एउटै नाउरको रु २० लाख मूल्य कायम भएकोे जानकारी दिँदै प्रमुख संरक्षण अधिकृत बरालले यो वर्ष आरक्षभित्र रहेका नाउर र झारलको गणना गरिने जानकारी दिनुभयो ।

विदेशी सिकारी हेलिकप्टरमार्फत सिधैँ सिकार आरक्षण क्षेत्रमा पुग्ने गरेका छन् । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक कायम गरिएको छ ।

सिकार खेल्ने क्रममा नेपाली सहयोगीसहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँग खटिनेछन् । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्दैआएको छ । विदेशी सिकारी समूहले १५ दिनभित्र तोकिएको ब्लकमा सिकार खेल्नुपर्ने छ ।

विभागका अनुसार दोस्रो याम फागुनदेखि वैशाखसम्मका लागि सिकार गर्न अनुमति प्रदान गरिने छ । विसं २०४४ मा स्थापित आरक्षण पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ । आरक्ष कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा रहेको छ ।

गत वर्षमा ढोरपाटन सिकार आरक्षमा क्षेत्रमा ३७ हजार आन्तरिक र बाह्य पर्यटक अवलोकनका लागि पुगेको आरक्ष कार्यालयले जनाएको छ ।