९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति

राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ
अ अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुर्‍याएको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै धितालले प्रधानमन्त्री शाहले जलवायु परिवर्तन र त्यसबाट नेपालले भोगिरहेको मानवीय तथा विकाससम्बन्धी संकटलाई अन्तर्राष्ट्रिय समुदायसामु प्रस्तुत गरेको उल्लेख गरेकी छन्।

उनले प्रधानमन्त्रीले ‘क्लाइमेट चेन्ज डज नट रिकग्नाइज बोर्डर्स’ भन्दै जलवायु परिवर्तनले सीमा नचिन्ने र हिमनदी तथा बाढीले राहदानीमा छाप लगाएर यात्रा नगर्ने विषयलाई जोड दिएको बताएकी छन्। त्यस्तै, नेपाललाई मानवीय सहयोग गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायप्रति प्रधानमन्त्रीले कृतज्ञता व्यक्त गरेको धितालले उल्लेख गरेकी छन्।

धितालले युद्धका लागि त्रुटिरहित रसद प्रणाली भए पनि खाद्यान्नका लागि कमजोर रसद प्रणाली रहेको विश्व व्यवस्थामाथि प्रधानमन्त्रीले प्रश्न उठाएको बताएकी छन्। उनका अनुसार नेपालले आफूले नतताएको जलवायु परिवर्तन र आफूले सुरु नगरेको युद्धको असरसमेत भोगिरहेको विषय प्रधानमन्त्रीको सम्बोधनमा उठाइएको थियो।

‘नेपालका लागि जलवायु विपद् मानवीय संकट मात्रै होइन, विकासको आपत्काल पनि हो’ भन्ने धारणा विश्वमञ्चमा साझा गर्नु महत्वपूर्ण सुरुआत भएको धितालले बताएकी छन्।

उनले यो पहललाई गन्तव्यसम्म पुर्‍याउन निरन्तर बैठक, छलफल र समन्वय आवश्यक रहेको बताउँदै नेपालको आवाजलाई विश्वमञ्चमा निरन्तर उठाइरहनुपर्नेमा जोड दिएकी छन्।

प्रधानमन्त्री शाह, परराष्ट्रमन्त्री तथा नेपाली प्रतिनिधिमण्डलप्रति आभार व्यक्त गर्दै धितालले नेपालको जलवायु संकटलाई अन्तर्राष्ट्रिय तहमा उठाउन नेतृत्व गरेकोमा धन्यवाद दिएकी छन्।