९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित)

काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित)
अ अ+ अ-

काठमाडाैँ । काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा बिहीवारदेखि भइरहेको अविरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ ।

उपत्यकाका मुख्य नदी तथा खोलाहरूमा पानीको सतह तिब्र गतिमा बढ्दै गएको छ भने प्रमुख स्थानहरूमा शतर्कता र खतराको सीमा पार भइसकेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालको हिमाली तथा पहाडी भूभाग नजिक अवस्थित छ । यसका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण वागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा आगामी २४ घण्टासम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

विपद् व्यवस्थापन विज्ञहरूले पहाडी भेगमा पहिरो र उपत्यका तथा तराईका होचा भूभागमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिँदै यात्रा गर्दा विशेष सावधानी अपनाउन र आपतकालीन सम्पर्क नम्बरहरू साथमा राख्न सुझाव दिएका छन् । –न्युज एजेन्सी नेपाल