९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध

वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता

वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता
अ अ+ अ-

काठमाडाैँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले वर्षाको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताउनुभएको छ ।

आज एक श्रव्यदृश्य सन्देश जारी गर्दै मन्त्री मेहताले हाल देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेको र वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद् सिर्जना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै मन्त्रालय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न, आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न र विपद्को अवस्था सिर्जना भए तत्काल स्वास्थ्यकर्मी परिचालन हुनसक्नेगरी आवश्यक व्यवस्था गरिएको जानकारी दिनुभयो ।
मन्त्री मेहताले मन्त्रालयले प्रदेश तथा स्थानीय तहका स्वास्थ्य निकायबीच निरन्तर समन्वय कायम गर्न तथा प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा तयारी अवस्थामा राखी सूचना सङ्कलन, समन्वय र प्रतिकार्य व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो ।
सम्भावित जोखिमयुक्त क्षेत्रमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि, जीवनजललगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न तथा द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्नसमेत व्यवस्था मिलाइएको मन्त्री मेहताले बताउनुभयो । उहाँले विशेषगरी प्रसूतिको सम्भावित समय नजिक रहेका गर्भवती, दीर्घरोगी तथा नियमित औषधि सेवन गरिरहेका नागरिकलाई आवश्यक सावधानी अपनाउन र नियमित सेवन गर्ने औषधि पर्याप्तमात्रामा साथमा राख्न अनुरोध गर्नुभयो ।
“स्वास्थ्य मन्त्रालय नागरिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै संयन्त्रसहित तयारी अवस्थामा छ”, मन्त्री मेहताले भन्नुभयो ।