८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह

ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई

ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक रूपमा नेतृत्वबाट बिदाइ गर्नुपर्ने प्रस्ताव अस्वीकार गरेको बताउनुभएको छ ।

बिहीबार ललितपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले नेतृत्व पुनर्गठनको विषय एउटा बैठक वा छलफलबाट मात्रै टुंगिन नसक्ने बताउनुभयो । उहाँले आगामी बैठक तथा विभिन्न कमिटीमा समेत यस विषयमा छलफल गर्दै जाने बताउनुभयो ।

भट्टराईका अनुसार एमालेको अबको मुख्य कार्यभार स्थानीय तह निर्वाचनको तयारी गर्नु हो । उहाँले पार्टी एकताबद्ध भएर निर्वाचनमा केन्द्रित हुने बताउनुभयो ।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटदेखि अन्य तयारीमा तल्लो तहका कमिटीलाई अधिकारसम्पन्न बनाउने उहाँले बताउनुभयो । कार्यकर्ता र जनताको भावनाअनुसार उम्मेदवार छनोट गरिने तथा जनअपेक्षाअनुसारको घोषणापत्रसहित निर्वाचनमा जाने तयारी रहेको उहाँको भनाइ छ ।

उहाँले एमालेका विचार, सिद्धान्त र संगठनलाई आधार बनाएर स्थानीय तह निर्वाचनको व्यापक तयारीमा पार्टी अघि बढ्ने बताउनुभयो ।