७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी

शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी
अ+ अ-

काठमाडौँ : रसुवा–नुवाकोटमा भोटेकोशी बाढीबाट ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), खुमलटारमा डीएनए प्रोफाइलिङको काम तीव्र पारिएको छ।

चीन सरकारले उपलब्ध गराएको अत्याधुनिक प्रविधि तथा चिनियाँ विशेषज्ञहरूको सहयोगमा नास्टको प्रयोगशालामा शव तथा हड्डीका नमूनाको डीएनए परीक्षण भइरहेको हो।

नास्टमा हालसम्म ८०५ वटा हड्डीका नमूना प्राप्त भएकोमा ७९८ वटा नमूना परीक्षणको प्रक्रियामा रहेको जनाइएको छ। तीमध्ये ५२२ वटा नमूनाको परीक्षण सम्पन्न भइसकेको र ४१९ वटा नमूनाको परीक्षणसम्बन्धी डाटा अन्तिम चरणमा रहेको जानकारी नास्टले दिएको छ।

नास्टका वरिष्ठ वैज्ञानिक डा. रामचन्द्र पौडेलका अनुसार चिनियाँ विशेषज्ञसँगको सहकार्यमा परीक्षणसँगै नेपाली वैज्ञानिक तथा प्राविधिकको तालिम र क्षमता विकासको काम पनि भइरहेको छ। परीक्षणबाट प्राप्त डाटा विश्लेषण तथा निकाल्ने कामसमेत सँगसँगै अघि बढाइएको उहाँले बताउनुभयो।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले बुधबार बिहान नास्टमा भइरहेको शवको डीएनए परीक्षणको स्थलगत अवलोकन गर्नुभएको छ।

अवलोकनका क्रममा मन्त्री पुनले विधि विज्ञान प्रयोगशाला तथा प्रहरीको प्रयोगशालाको तुलनामा नास्टमा उपलब्ध क्षमता उपयोग गर्दै डीएनए परीक्षण अघि बढाइएको बताउनुभयो।

बाढीमा आफन्त तथा नातेदार गुमाएका परिवारलाई आफ्ना प्रियजनको पहिचान गर्न डीएनए परीक्षण महत्वपूर्ण रहेको उहाँले बताउनुभयो। परीक्षणमा सहयोग गरिरहेका चिनियाँ विशेषज्ञहरूको मेहनतप्रति मन्त्री पुनले आभार व्यक्त गर्नुभयो।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नास्टमा परिचालित चिनियाँ विशेषज्ञ, उपलब्ध गराइएका उपकरण तथा हालसम्मको प्रगतिको जानकारी दिनुभयो।

उहाँले बाढीबाट उत्पन्न कठिनाइको सामना गर्न नेपालको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र नास्टसँग डीएनए परीक्षणलगायतका क्षेत्रमा थप समन्वय तथा सहकार्य गर्न चीन सरकार तयार रहेको बताउनुभयो।