८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा

विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस

विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस
अ+ अ-

काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग पार्टीको सम्बन्ध र सेनाप्रतिको दृष्टिकोण स्पष्ट पार्न नेतृत्वसँग माग गरेका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकमा बुधबार धारणा राख्दै रिजालले पार्टीको मुख्य निशाना नेपाली सेना नै हो कि भन्ने आशंका उत्पन्न हुने गरी संसद्मा अभिव्यक्ति आउन थालेको भन्दै यसबारे स्पष्टता आवश्यक रहेको बताएका हुन् ।

उनले अध्यक्ष केपी शर्मा ओली र राधिका शाक्यबाट नेपाली सेनाको भूमिकाबारे सार्वजनिक भएका अभिव्यक्ति तथा भदौ २३ र २४ गतेको घटनामा सेनाको भूमिकासम्बन्धी उठेका प्रश्नबारे पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने बताए ।

‘सेनाले हाम्रो नेतृत्वको सुरक्षा र सहजीकरण गरेको छ । एमालेको आजको मुख्य निशाना नेपाली सेना नै हो जस्तो गरेर संसद्मा बारम्बार प्रस्तुत हुनुले पार्टीकै दृष्टिकोण त्यही हो कि भन्ने भ्रम उत्पन्न भएको छ र राज्यको स्थायी संरचनासँग हाम्रो टकराव बढाएको छ,’ रिजालले भने, ‘यसका बारेमा पार्टीले स्पष्ट पार्नुपर्छ ।’

रिजालले पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदनप्रति समर्थन जनाउँदै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको व्याख्याबाट पार्टीका मुख्य नेताबीच रहेको अविश्वास हटेको बताए । अध्यक्षको प्रतिवेदनले पार्टीका कमजोरी पहिचान गर्दै निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारीसमेत लिएको उनको भनाइ थियो ।

बैठकमा रिजालले वामपन्थी एकताका लागि तत्काल पहल गर्न पनि पार्टी नेतृत्वलाई सुझाव दिए । एमालेको नीति र नेतृत्वमा वामपन्थी एकता भए कम्युनिस्ट आन्दोलनलाई पुनःजागृत गर्न सकिने उनले बताए ।

उनले नयाँ पुस्ता वर्तमान कम्युनिस्ट आन्दोलनप्रति आकर्षित नभएको भन्दै आन्दोलनको पुनर्गठनका लागि गम्भीर बहस आवश्यक रहेको धारणा राखे । मदन भण्डारीले विगतमा लिएको साहसिक कदमजस्तै नयाँ परिस्थितिअनुसार नयाँ पहल आवश्यक रहेको उनको भनाइ थियो ।

रिजालले पार्टीको प्रचार प्रणालीलाई प्रभावकारी बनाउन छुट्टै डिजिटल संयन्त्र निर्माण गर्नुपर्नेमा पनि जोड दिए । पार्टी केन्द्रमा अलग्गै डिजिटल विभाग स्थापना गरी चौबिसै घण्टा नयाँ माध्यममार्फत प्रचार गर्नुपर्ने उनले बताए ।

पार्टीमा नयाँ पुस्ताको आकर्षण घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै रिजालले पूर्णकालीन सदस्य बन्ने आफ्नो पुस्ता नै अन्तिम पुस्ता हुने अवस्था आउन नदिन पार्टीका सबै तह गम्भीर हुनुपर्ने बताए।