७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने
अ+ अ-

काठमाडौँ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एकेडेमीले बुधबार पत्रकार सम्मेलन गरी असोज १२ देखि १७ गतेसम्म लुम्बिनी प्रदेशको बुटवलमा प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएको हो । प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका आठ टोली सहभागी हुने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गुजरात स्टेट भलिबल एसोसिएसन (भारत), खैरा क्लब पञ्जाब (भारत), श्रीलंका पुलिस क्लब कोलम्बो, मणिमुकुन्द भलिबल क्लब बुटवल, सभापोखरी भलिबल क्लब संखुवासभा र गल्कोट भलिबल क्लब बागलुङ सहभागी हुनेछन् ।

प्रतियोगिता बुटवलस्थित बीआईसीसी परिसरमा अस्थायी संरचना निर्माण गरी सञ्चालन गरिने अध्यक्ष आचार्यले बताउनुभयो । प्रतियोगिताका लागि करिब चार हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ भने दुईवटा ठूला एलईडी स्क्रिन जडान गरिने उहाँले जानकारी दिनुभयो । व्यवस्थित मैदानमा म्याट ओछ्याएर प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ७५ हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, ब्लकर र डिफेन्डरलाई जनही आठ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’लाई पाँच हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको कुल अनुमानित खर्च एक करोड ५३ लाख ४४ हजार ९०० रुपैयाँ रहेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । पुरस्कार तथा सम्मानतर्फ ३१ लाख ६१ हजार, खेलाडी, अफिसियल तथा आयोजक व्यवस्थापनमा ५६ लाख २३ हजार ९००, यातायातमा १० लाख, कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा २७ लाख ६० हजार, प्रचारप्रसार तथा सञ्चारमा १३ लाख ७५ हजार र विविध खर्चमा १४ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

मौसम तथा प्रतियोगिता सञ्चालनका क्रममा उत्पन्न हुन सक्ने अन्य परिस्थितिका कारण प्रतियोगिताको समयावधि बढेमा खर्चसमेत बढ्न सक्ने आयोजकले जनाएको छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय रेफ्री चन्द्रवदना राईको सहभागिता रहनेछ ।

प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, स्थानीय तह, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, उद्योगी–व्यवसायी तथा अन्य सहयोगदातासँग सहकार्य गरिने अध्यक्ष आचार्यले बताउनुभयो ।

नेपाली भलिबलको विकास, प्रतिभाशाली खेलाडीको पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गरिने आयोजकको भनाइ छ ।

प्रतियोगितामा सहभागी खेलाडी, निर्णायक तथा आवश्यक प्राविधिक जनशक्तिका लागि दुर्घटना बिमाको व्यवस्था गरिएको छ । खेलाडीको स्वास्थ्य व्यवस्थापनका लागि डा. सुरज भुसालको नेतृत्वमा फिजियो टोली परिचालन गरिने तथा स्वास्थ्य विभाग प्रमुखका रूपमा डा. शक्ति बस्नेतले समन्वय गर्ने आयोजकले जनाएको छ ।