काठमाडौं । राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हो ।
प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८२/०८३ मा महिला अधिकार, लैङ्गिक समानता तथा महिलामाथि हुने हिंसा न्यूनीकरणलगायतका क्षेत्रमा गरेका काम, गतिविधि तथा उपलब्धि समेटिएको जनाइएको छ ।
संवैधानिक व्यवस्थाअनुसार आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो।








