५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन News Polar त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन News Polar सुनसरीमा करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न
अ+ अ-

काठमाडौं । रसुवा बाढीबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण तथा मर्मत कार्य सम्पन्न भएको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन बृज डिभिजन, ललितपुरबाट पुलको बाढीका कारण बटारिएको लठ्ठा सिध्याउने, ‘साग सेटिङ’, ह्यान्डरेल केबल परिवर्तन तथा नयाँ स्टिल डेक र बीम जडान गर्ने काम सम्पन्न गरिएको हो। पुलमा जाली राख्ने काम पूरा भएपछि दुई दिनभित्र सर्वसाधारणका लागि आवतजावत खुला गरिने जनाइएको छ।

रसुवा बाढीपछि क्षतिग्रस्त भौतिक संरचनाको पुनःस्थापना तथा पुनर्निर्माणअन्तर्गत हालसम्म चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। इन्द्रेणीचौर–गुम्बाडाँडा जोड्ने त्रिशूली नदीको तुइनलाई मोटराइज्ड गरिएको छ। त्यस्तै नुवाकोटको देविघाट, विदुर नगरपालिका–५ तथा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ जोड्ने स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा र गोसाइँकुण्ड–६ तथा आमाछोदिङ्मो गाउँपालिका–१ जोड्ने हाकुबेँसीमा तुइन सञ्चालनमा ल्याइएको छ।

थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ। रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने स्थानमा तुइन निर्माणका लागि विवादित स्थलको विषयमा सहमति जुटिसकेको छ। स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा भने माइन एरिया भएकाले सुरक्षित स्थान परिवर्तन गर्नुपर्ने भएको छ। रुङ्गामा तुइन निर्माणका लागि स्थलगत निरीक्षण भइरहेको छ।

बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य पनि सम्पन्न हुने चरणमा पुगेको छ। धादिङ, नुवाकोट र गोरखाका विभिन्न स्थानमा रहेका कालिकास्थान, मालिङ्गा–मझुवाटार दोभान, महेशदोभान मास्टर, केउरेनी–गहते, चिरौंदी खोला, शीतलबजार–क्यूरेनीटार, बेल्खु–भुतिया, बादरे, महादेवस्थान, फोस्रेटार, जिलिङ, धवादीघाटलगायतका पुलको मर्मत भइरहेको छ।

यसैगरी बाढीबाट क्षतिग्रस्त बाँकी सात वटा झोलुङ्गे पुलको मर्मत कार्यसमेत सुरु भएको छ। ती पुलका लागि आवश्यक स्टिल पार्ट्स खरिद गर्न टेन्डर प्रक्रिया अघि बढाइएको छ।

झोलुङ्गे पुल मर्मतका लागि आवश्यक स्टिल पार्ट्स व्यवस्थापनको काम पनि अघि बढाइएको विभागले जनाएको छ। पहिलो चरणमा आवश्यक स्टिल पार्ट्स खरिद सम्पन्न भइसकेको छ भने दोस्रो चरणमा आवश्यक पर्ने पार्ट्स खरिदका लागि सम्झौता भएको छ।

बाढीका कारण पूर्ण रूपमा क्षति भएका ३३ वटा झोलुङ्गे पुलको पुनर्निर्माणका लागि पनि प्रक्रिया अघि बढेको छ। ती पुल पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम अन्तिम तयारीमा रहेको जनाइएको छ।

यससँगै रसुवा बाढीबाट प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन अस्थायी संरचनादेखि क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तथा पूर्ण रूपमा क्षतिग्रस्त पुलको पुनर्निर्माणसम्मका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ।