४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन

विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन
अ+ अ-

बागलुङ। बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पतालमा चिकित्सक अभावमा रोकिएका चार विशेषज्ञ विभाग एक महिनादेखि नियमित सञ्चालनमा आएका छन् ।

पछिल्लो एक वर्षदेखि रोकिएका विभागमा विशेषज्ञसहितको सेवाले निरन्तरता पाएको हो । धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माका अनुसार अस्पतालमा मनोरोग, नाक, कान तथा घाँटीसम्बन्धी, यौन तथा छाला रोग र प्याथोलोजी विभागले एक महिनादेखि नियमित सेवा सञ्चालन गरेका छन् ।

मनोरोग विभाग चिकित्सक अभावमा एक वर्षदेखि सञ्चालनमा आउन नसकेको बताउँदै उहाँले १० महिनादेखि यौन तथा छाला रोग विभाग प्रभावित बनेको जानकारी दिनुभयो ।

पाँच महिनादेखि प्रभावित बनेको नाक, कान तथा घाँटी रोग विभाग र प्याथोलोजी विभाग पुनः सञ्चालनमा ल्याइएको अध्यक्ष शर्माले उल्लेख गर्नुभयो ।

“अस्पतालले विभागको सेवा अन्य चिकित्सकबाट दिँदै आएको थियो। विशेषज्ञ सेवा दिन सोही विभागको चिकित्सक आवश्यक पर्ने भएकाले चिकित्सक आपूर्ति गरी विभागलाई सक्रिय बनाएका छौँ”, उहाँले भन्नुभयो, “मनोपरामर्शदाताको अभावमा बिरामी पोखरा, काठमाडौँलगायत क्षेत्र जानुपर्ने बाध्यता अब भने अन्त्य भएको छ ।”

धौलागिरि प्रादेशिक अस्पताल बागलुङले विशेषज्ञ स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै थप चार क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउन सुरु गरेको छ ।

अस्पतालले नाक, कान तथा घाँटी रोग, छाला रोग, मनोरोग र प्याथोलोजीसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको हो ।

धौलागिरि अस्पताल बागलुङका अनुसार नाक, कान तथा घाँटी रोगतर्फ डा मनिष न्यौपाने, छाला रोगतर्फ डा सुभि रिजाल, मनोरोगतर्फ डा इला थापा र प्याथोलोजीतर्फ डा कविता घिमिरेबाट सेवा प्रदान भइरहेको छ ।

नाक, कान तथा घाँटी रोगतर्फ कान, नाक र घाँटीका समस्या, श्रवण तथा साइनोसाइटिस (साइनस) र घाँटीसम्बन्धी समस्या, इन्डोस्कोपी र शल्यक्रियासम्बन्धी सेवा उपलब्ध हुनेछ भने छाला रोगतर्फ छाला, कपाल र नङसम्बन्धी समस्या, एलर्जी तथा सङ्क्रमण, पिम्पल्स, दाग तथा छालाको सुन्दरतासम्बन्धी समस्या र लेजर तथा केमोथेरापी सेवा उपलब्ध हुनेछ ।

मनोरोगतर्फ चिन्ता, तनाव तथा डिप्रेसन, मानसिक स्वास्थ्य परामर्श, निद्राको समस्या, बाल तथा वृद्ध मानसिक स्वास्थ्य र लत तथा व्यवहारसम्बन्धी उपचार तथा परामर्श सेवा दिइनेछ ।

प्याथोलोजीतर्फ रगत, पिसाब तथा दिसाको जाँच, हर्मोन तथा बायोकेमिस्ट्री, हिस्टोप्याथोलोजी र माइक्रोबायोलोजी परीक्षणलगायत सेवा उपलब्ध हुने धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा किरण तिवारीले जानकारी दिनुभयो ।

अस्पतालमा अहिले १८ जना विशेषज्ञ तथा १३ जना मेडिकल अधिकृत कार्यरत छन् । रासस