४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा
अ+ अ-

ललितपुर । ललितपुरको सानेपास्थित रेडियन्ट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुख्य आयोजनामा भएको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

रेडियन्ट रिडर्स एकेडेमीको प्राङ्गणमा आयोजित शिविर काठमाडौं मेडिकल कलेजको विशेष प्राविधिक सहयोगमा सम्पन्न भएको हो । बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको शिविरमा काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकसहित २९ जनाको टोलीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिएको थियो ।

शिविरमा जनरल मेडिसिन, स्त्री रोग, जनरल सर्जरी, हाडजोर्नी तथा नशा रोग, नाक, कान तथा घाँटी, बालरोग, आँखा र दन्त रोगको निःशुल्क परीक्षण तथा उपचार गरिएको थियो ।

जनरल मेडिसिनतर्फ १६९, स्त्री रोगतर्फ ६६, जनरल सर्जरीतर्फ ४१, हाडजोर्नी तथा नशा रोगतर्फ ८३, नाक, कान तथा घाँटीतर्फ १०१, बालरोगतर्फ ५२, आँखातर्फ १९६ र दन्त रोगतर्फ ९६ जनाले सेवा लिएका थिए । त्यस्तै, ६ जनाको दाँत निकालिएको थियो ।

शिविरमा ८४ जनाको ईसीजी, १०२ जनाको भिडियो एक्सरे तथा १३९ जनाको विभिन्न प्रयोगशाला परीक्षण गरिएको थियो । प्रयोगशालामा एचबी, सुगर, युरिया, युरिक एसिड, रक्त समूह, पिसाब परीक्षण तथा गर्भ परीक्षणलगायतका सेवा प्रदान गरिएको थियो । थप उपचार आवश्यक देखिएका १९ जनालाई काठमाडौं मेडिकल कलेजमा उपचारका लागि सिफारिस गरिएको आयोजकले जनाएको छ ।

काठमाडौं मेडिकल कलेजका शिविर संयोजक मदन श्रेष्ठले शिविर व्यवस्थित र योजनाबद्ध रूपमा सम्पन्न भएको बताउनुभयो । उहाँले रेडियन्ट बहुउद्देश्यीय सहकारी संस्था, शेयर सदस्य, स्थानीयवासी तथा शिविरमा सहभागी सबैलाई धन्यवाद दिनुभयो ।

सहकारी संस्थाका व्यवस्थापक खगेन्द्र ढुंगानाले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले शेयर सदस्य तथा स्थानीयवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरमा करिब १२ सय जनाले सेवा लिएको जानकारी दिनुभयो ।

शिविरमा सहभागी भई थप उपचार आवश्यक पर्ने बिरामीका लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा असोज महिनाभर ५० प्रतिशत र त्यसपछि २५ प्रतिशत छुटको व्यवस्था गरिएको ढुंगानाले जानकारी दिनुभयो । आगामी दिनमा सहकारी र अस्पतालबीच समझदारीपत्र गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

शिविरमा रेडियन्ट रिडर्स एकेडेमीका शिक्षक–शिक्षिका, लायन्स क्लब अफ काठमाडौं निर्वाना तथा लियोका सदस्य स्वयंसेवकका रूपमा खटिएका थिए । ग्लोबल कन्सल्ट प्रालि र लायन्स क्लब अफ काठमाडौं क्यापिटल सिटीले सहआयोजकका रूपमा सहयोग गरेका थिए।