२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ



अ+ अ-

काठमाडौं ।जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बालबन्दीलाई पक्राउ गरिएको छ । सो अवधीमा अझै १६९ जना बालबन्दी तथा कैदी बन्दी सम्पर्कमा आउन सकेका छैनन् ।

गत वर्ष भदौ २३ र २४ गते राति उनीहरू फरार भएका थिए । जिल्लाको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बालसुधारगृह, डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधारगृह र नौबस्ता क्षेत्रीय कारागारबाट भागेका थिए । तीमध्ये जयन्दु बालसुधारगृहबाट भागेका ११५ जनामध्ये ६८ जना, नौबस्ता बालसुधारगृहबाट भागेका ७८ जनामध्ये ४७ जना र क्षेत्रीय कारागार नौबास्ताबाट फरार भएका १४७ जनामध्ये ५६ जना पक्राउ परेका छन् ।

जयन्दु बालसुधारगृहका प्रमुख किशोर शर्माले आन्दोलनका समयमा सुधारगृहबाट भागेका ११५ बालबन्दीमध्ये ६८ जना पक्राउ परेको जानकारी दिनुभयो । उहाँले अझै ४७ जना फरार रहेको उल्लेख गर्दै उनीहरूको खोजीकार्य जारी रहेको बताउनुभयो । शर्माका अनुसार फरार भएकामध्ये केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको र केही आफैँ सुधारगृहमा फर्किएका थिए । नौबस्ता बालसुधारगृहका प्रमुख श्यामबहादुर रानाले जेनजी आन्दोलनका क्रममा सुधारगृहमा रहेका १७६ बालबन्दीमध्ये ७८ जना भागेको बताउनुभयो ।

सो क्रममा प्रहरीसँगको झडपमा पाँच जना बालबन्दीको मृत्यु भएको थियो । उहाँले फरारमध्ये ४७ जना पक्राउ परिसकेको र ३१ जनाको खोजी भइरहेको छ । नौबस्ता क्षेत्रीय कारागारबाट फरार भएका १४७ कैदीमध्ये एक वर्षको अवधिमा ५६ जना पक्राउ परेका छन् ।

कारागार प्रमुख दलबहादुर बस्नेतले १८ जना भारतीय नागरिकसहित ९१ जना अझै सम्पर्कविहीन भएको जानकारी दिनुभयो । आन्दोलनका बेला सो कारागारमा ५८५ कैदी रहेका थिए ।




भर्खरै