ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ स्थित जरिङ्गेमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित दुईजना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।
बुधबार बिहान उदयपुरको कटारीबाट बोइलर कुखुराको चल्ला लिएर ओखलढुंगाको निशंखेतर्फ आउँदै गरेको ज १ च ९९२ नम्बरको बोलेर जिप दुर्घटना हुँदा जिप चालक कटरी नगरपालिका ८ निवासी २१ वर्षीय सुमन कार्की गम्भीर घाइते भएको ओखलढुंगा प्रहरीले जनाएको छ।
कार्कीको टाउको तथा हातखुट्टामा चोट लागेकाले उद्धार पछि सामुदायिक अस्पताल मिसन पठाइएको प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए । जिपमा चालक कर्कीसँगै सवार सहचालक कटारी नगरपालिका ४ का २० वर्षीय राम खनालको अवस्था भने सामान्य छ ।