३० भाद्र २०८३, मंगलवार
,
Latest
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुलबुल ओस्करमा सिफारिस



अ+ अ-

काठमाडौं । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसद्वारा सन् २०२० मा घोषणा गरिने ९२औं एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धी बन्न नेपाली कथानक चलचित्र ‘बुलबुल’लाई सिफारिस गरिएको छ । समितिको बुधबार बसेको बैठकले बुलबुललाई सिफारिस गरेको हो ।

नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले सन् २०१८ अक्टोबर १ देखि सन् २०१९ अगस्ट ३० सम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रलाई सहभागिताका लागि आह्वान गरेको थियो । समितिले तोकेको मितिमा बुलबुल मात्र सहभागी भएको थियो ।

बुलबुलले सन् २०२० को फेब्रुअरी ९ मा अमेरिकाको लस एन्जेलसको डल्बी थिएटरमा हुने ९२औं एकेडेमी अवार्डमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा अन्य देशका चलचित्रसँग प्रतिस्पर्धा गर्नेछ । स्वस्तिमा खड्का र मुकुन भुसाल अभिनीत यो चलचित्र विनोद पौडेलले निर्देशन गरेका हुन् ।
अन्नपुर्ण पोष्टबाट