१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कप: नेपाल र श्रीलंबीचको रोकिएको खेल पुनः सुरु, ४२ ओभरमा छोट्याइयो



अ+ अ-
फाइल फोटो

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलंबीचको रोकिएको खेल पुनः सुरु भएको छ ।

आर प्रेमादशा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ ओभरको क्षतिमा दुई विकेट गुमाउदै ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । नेपालका लागि दुई ब्याट्सम्यान सस्तैमा समेटिएका थिए । आशिफ शेख ७ रनमा आउट हुदा पवन सर्राफ चार रनमा आउट भएका थिए ।

पानी परेपछि रोकिएको खेल केही ढिलो गरी सुरु भएको कारण ४२ ओभरमा छोट्याइएको छ ।नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र यूएई छन्। भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अन्तिम खेल यूएईसँग भदौ २४ गते खेल्नेछ।

राउन्ड रोविन लिगका आधारमा खेलिने खेलमा समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। अघिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा पुगेको थियो।