१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरोमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा



अ+ अ-

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले भदौ १० गते आएको बाढीपहिरोका कारण ज्यान गुमाएका व्यक्तिको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार तथा कृयापुत्री सेवा उपलब्ध गराउने भएको छ।

कोषले विपद्का कारण दिवंगत भएकाहरूको सम्मानपूर्वक अन्त्येष्टि गर्न दाहसंस्कार तथा कृयापुत्रीसम्बन्धी लाग्ने सम्पूर्ण शुल्क नलिने व्यवस्था मिलाएको जनाएको छ।

धार्मिक तथा सामाजिक परम्पराअनुसार मृतकको अन्त्येष्टि कार्य सहज रूपमा सम्पन्न गर्न मृतकका परिवारजनलाई आवश्यक सहजीकरण गर्ने उद्देश्यले उक्त व्यवस्था गरिएको कोषले जनाएको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार बाढीपहिरोबाट प्रभावित मृतकका परिवारले अन्त्येष्टि तथा कृयापुत्री सेवासम्बन्धी आवश्यक जानकारीका लागि कोषमा सम्पर्क गर्न सक्नेछन्।

कोषका सूचना अधिकारीसँग ९८५१०६४२७४ तथा पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ०१४५७१८२८ नम्बरमा सम्पर्क गर्न सकिनेछ।




भर्खरै