१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार



अ+ अ-

काठमाडौं । रसुवास्थित भोटकोशी नदीमा यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाली सेनाले तीन हजार ३४४ नेपाली र २५२ विदेशी नागरिकको हवाई उद्धार गरेको छ ।

भदौ १४ गते मात्रै हाइड्रोपावर क्षेत्रबाट १५ चिनियाँ र सात भारतीय नागरिकको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हालसम्म ४११ पटक हवाई उडान गरिएको छ । उद्धार कार्यसँगै प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएकाहरूको खोजीलाई समेत तीव्रता दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म ९०३ जनाको शव फेला परेको छ भने चार हजार २४७ जना अझै सम्पर्कविहीन छन् । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन् ।

खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा नेपाल प्रहरीका सात हजार ८९४, नेपाली सेनाका आठ हजार ७२२ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ गरी २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । प्रभावित नागरिकका लागि खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने काम पनि जारी रहेको प्राधिकरणका प्रवक्ता महतले जानकारी दिनुभयो ।




भर्खरै