१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झडपमा परी सोह्र जनाको मृत्यु



अ+ अ-

तालुृकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा प्रहरी जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा १६ व्यक्तिको मृत्यु भएको छ । तालिबान लडाकू समूहले गरेको आक्रमणपछि सुरक्षाबल र लडाकूबीच भएको झडपमा परी छ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य चार घाइते भएका छन् ।

दर्काद जिल्लामा भएको यस झडपमा परी आठ तालिबान लडाकु मारिनुको साथै अन्य पाँच घाइते भएका छन् । प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाल हिज्रीले सिन्ह्वा समाचार समितिलाई उक्त जानकारी दिएका छन् ।

यस प्रान्तको कैयौ पहाडी इलाकामा लुकेर सुरक्षित वासस्थान बनाइरहेका तालिबान लडाकू समूहले बारम्बार सुरक्षा अधिकारी लक्षित आक्रमण गर्दै आएका छन् ।