१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोल्पामा जिप दुर्घटना, तीनजना घाइते



अ+ अ-

डोल्पा । डोल्पामा जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।

दिउँसो २ बजेको समयमा सूपानीबाट १० जना यात्रु बोकेर दुनै आउँदै गरेको भे १ ज ९७४ नम्बरको जिप रुपगाड खोलामा दुर्घटना भएको हो । दुर्घटनामा परेका ३ जना घाइतेमध्ये २ जनाको सामान्य उपचारपछि घर पठाइएको र एकजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

घाइते पित्रपूरा सुन्दरी नगरपालिका ५ का ५४ वर्षीय नरबहादुर रोकायाको उपचार भइरहेको हो।