१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो अत्यावश्यकबाहेक हेलिकोप्टर उद्धार नमाग्न सरकारको आग्रह बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग



अ+ अ-

कास्की। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पोखराका विभिन्न सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिले सहयोग रकम जुटाउन थालेका छन् ।

यहाँका विभिन्न सङ्घसंस्था, व्यवसायी तथा व्यक्तिले आफ्नोतर्फबाट सहयोग घोषणा तथा प्रदान गर्न थालेका हुन् ।

नेलम्बो नेपालले आइतबार प्रभावितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख ५५ हजार ५५५ जम्मा गरेको छ ।

यसैगरी, गण्डकी प्रज्ञा प्रतिष्ठानले कोषमा रु दुई लाख १६ हजार १५० सहयोग गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका सदस्य–सचिव मनकुमार श्रेष्ठका अनुसार प्रतिष्ठानको तर्फबाट रु एक लाख तथा प्राज्ञहरूबाट रु एक लाख १६ हजार १५० सङ्कलन गरी कोषमा जम्मा गरिनेछ ।

यहाँस्थित स्क्वायर्स मोटर्सले विपद् प्रभावितहरुका लागि रु तीन लाख पाँच हजार ५५५ कोषमा जम्मा गरेको छ । इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ ले भोटेकोशी बाढी प्रभावितका लागि रु एक लाख सहयोग गरेको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ७५ हजार सहयोग गर्ने निर्णय गरेको छ ।

पोखराका व्यवसायी तथा सिटीजन फर्निचरले उद्धार कोषमा रु एक लाख ११ हजार १११ सहयोग गरेको छ ।

भूतपूर्व खेलाडी मञ्च नेपालले पनि बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० हजार सहयोग गर्ने जनाएको छ । रासस