२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामती सेवामा कार्यरत कर्मचारीले उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धा गर्न नपाउने



अ+ अ-

काठमाडौं । निजामती सेवामा कार्यरत कर्मचारीले उपसचिव र सहसचिव पदको खुला परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले संघीय निजामती सेवासम्बन्धी विधेयकमा निजामती कर्मचारीलाई राजपत्राकिंत द्धितीय र प्रथम श्रेणीको परीक्षामा खुला प्रतिस्पर्धा गर्ने बाटो बन्द गर्ने सहमति गरेको हो । हालसम्म निजामती कर्मचारीले सेवामा बहाल रहेरै उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धा मार्फत सहभागी हुन पाउने व्यवस्था रहेको थियो ।

तर अब निजामती कर्मचारीले उपसचिव र सहसचिवको परीक्षामा सहभागी हुन राजीनामा दिएर खुला प्रतिस्पर्धा गर्नुपर्नेछ । राजीनामा दिएर खुला प्रतियोगितामा प्रतिस्पर्धा गर्ने निजामती कर्मचारीले परीक्षा उतीर्ण गरेमा त्यसअघिको सेवा अवधि पनि गणना हुने छैन ।