१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिले हिरासतको स्थलगत अध्ययन गर्ने



अ+ अ-

काठमाडौं । संसदीय समितिले हिरासत र जेलका बन्दीहरुको अवस्था बुझ्न स्थलगत अध्ययन गर्ने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा समितिका काँग्रेसका सांसद सञ्जय गौतमले हिरासतमा ३५ जना बन्दीहरुलाई एउटै काठामा कोचेर राख्ने काम गरिएको तथ्य बाहिर आएको उल्लेख गर्दै त्यसको स्थलगत अध्ययन गर्नुपर्ने माग गरेका थिए ।

त्यसका लागि सबै प्रदेशका ७ वटा हिरासत र १४ वटा जेलको अवस्थाबारे स्थलगत अध्ययन गरेर हिरासत र जेल सुधारका लागि सरकारलाई आवश्यक निर्देशन दिने समितिको निर्णयमा उल्लेख गरिएको छ ।