१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकमा कति लाइक आयो भन्ने अब थाहा नहुने !



अ+ अ-

काठमाडौं । फेसबुकले सार्वजनिक पोस्टमा देखिने लाइक संख्या हटाउने तयारी गरेको छ  ।

विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुकले युवाहरुमा सामाजिक सञ्जालको चर्चाले मानसिक स्वास्थ्यमा समस्या ल्याउन सक्ने भन्दै यस्तो तयारी गरेको हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फेसबुकले लाइक संख्या देखिने फिचर हटायो भने पोस्टहरूमा रिक्याक्सनहरूको संकेत मात्रै देखिने छ । लाइक संख्या देखाउँदा यसको नम्बरका आधारमा मानिसहरूबीच धारणा परिवर्तनको समस्या देखिएको भन्दै इन्स्टाग्रामले पनि यस्तै फिचर परीक्षण गरिरहेको छ ।

अहिले फेसबुकले क्यानडा र ब्राजिलसहित सात देशमा इन्स्टाग्राममा लाइकको सङ्ख्या नदेखाउने गरि परीक्षण गरिरहेको छ।