२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकमा कति लाइक आयो भन्ने अब थाहा नहुने !



अ+ अ-

काठमाडौं । फेसबुकले सार्वजनिक पोस्टमा देखिने लाइक संख्या हटाउने तयारी गरेको छ  ।

विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुकले युवाहरुमा सामाजिक सञ्जालको चर्चाले मानसिक स्वास्थ्यमा समस्या ल्याउन सक्ने भन्दै यस्तो तयारी गरेको हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फेसबुकले लाइक संख्या देखिने फिचर हटायो भने पोस्टहरूमा रिक्याक्सनहरूको संकेत मात्रै देखिने छ । लाइक संख्या देखाउँदा यसको नम्बरका आधारमा मानिसहरूबीच धारणा परिवर्तनको समस्या देखिएको भन्दै इन्स्टाग्रामले पनि यस्तै फिचर परीक्षण गरिरहेको छ ।

अहिले फेसबुकले क्यानडा र ब्राजिलसहित सात देशमा इन्स्टाग्राममा लाइकको सङ्ख्या नदेखाउने गरि परीक्षण गरिरहेको छ।